Warning: session_start(): open(/tmp/sess_bjrs1vhdkn9dheks6gvn684o44, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
आइतबार बिहानै देखि परेको अबिरल बर्षाले हरिपूर्वा नगरपालिका मा अषाढे बिकासको कारण घर घरमा पानि पस्दा जनजिवन प्रभावित – lokpriyaawaj

आइतबार बिहानै देखि परेको अबिरल बर्षाले हरिपूर्वा नगरपालिका मा अषाढे बिकासको कारण घर घरमा पानि पस्दा जनजिवन प्रभावित

मुकेश झा २०७७ श्रावण ०४

 

श्रावणको शुरुवात सगैं आइतबार बिहानै देखि सर्लाही सहित देशको विभिन्न क्षेत्रमा पानी परिरहदा सर्लाहीको पुर्वि क्षेत्रमा पर्ने हरिपूर्वा नगरपालिका र त्यसको आसपासको क्षेत्रमा भारी गर्जना सहित पानी पर्दा दर्जनौ घरमा पानि प्रवेश गरेको छ भने सैकडौ दलित परिबार प्रभावित बनेको स्थानिय नेता उपेन्द्र रामले बताएको छन ।
अषाढ को अन्तमा हरिपूर्वा नगरपालिकाको विभिन्न वडाहरुमा विना नाला निर्माण कै सडक ढलान गरेको हुदाँ पानि निकास नभएर घर घरमा पानि पसेको उमेश कुमार यादव ले वताए । अचानक आइतबार बिहानै देखि अबिरल पानि परेको हुदाँ अग्रिम तयारी नगरिएकाले पसलमा पानि पसेर हजारौको समान डुबेको हरिपूर्वा नपा ५ स्थित रहेको सन्तोष किराना पसलको मालिक सन्तोष साहले बताए । यता लगातार पानि परेको कारण मुल सडकमा पानि जम्दा आबत जाबतमा समेत समस्या भएको छन ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_bjrs1vhdkn9dheks6gvn684o44, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0