नगर सभाबाट बिभिन्न मुद्दालाई पारित गराउन नागरिक समाज द्वारा नगरप्रमुख लाई ज्ञापन पत्र
रबिन्द्र ठाकूर २०७८–०३–१० हरिपूर्वा
सर्लाहीको हरिपूर्वा नगरपालिकाको आज आर्ठा नगरसभा समपन्न भएको छ । नगर सभा शूरु हुनु भन्दा पुर्व जनता समाजबादी पार्टीको जिल्ला उपाध्यक्ष गणेश कुमार यादब को नेतृत्वमा तथा नागरिक समाजको अगुवा हरुले नगर प्रमुख सियाराम रायलाई नगर बिकास सम्बन्धि ९ बुन्दे ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र को पुर्ण पाठ
यस हरिपुर्वा नगरपालिकाको गठन भए देखि २०७४ सालमा भएको स्थानिय निर्वाचन बाट जनताले आफ्नो जनप्रतिनिधि निर्वाचित गराउन पनि उल्लेखनिय कार्यहरु गरेको छैन झन निर्वाचन पछि जनप्रतिनिधिहरुले भोग विलासमा जिवन बिताई आफ्नो आसपास र नजिकको मान्छे पाल्ने बाहेक कुनै कार्यहरु गर्न सकेको छैन । तसर्थ नगर भित्र देखिए का तपसिल मा सुधारका कार्यहरु हुुनुपर्ने भएकोले यो ज्ञापन पत्र मार्फत माग गर्दछौं ।
तपसिल ः
१. नगरपालिका लगायत वडा कार्यालयहरुको आफ्नो भवन निर्माण गर्नु पर्ने ।
२. पोखरी , बालुवा, गिटी, हाट बजारको ठेक्का लगाउनु पर्ने ।
३. यस नगरपालिकामा रहेका वडा कार्यालयहरु बाट सेवाको नाममा आम जनताबाट लिई रहेको मालपोत कर, सिफारिस कर लगाएत विभिन्न करहरुको रकमको सर्वजनिक गर्नु पर्ने ।
४.किसानहरुका लागि तत्काल सिचाईको व्यवस्था गर्नु पर्ने ।
५. बिकास निर्माण गराउदा कोटेसन मार्फत नगराई प्रत्यक्ष उपभोक्ता मार्फत गराउनु पर्ने ।
६. नगरपालिका भित्र रहेका विद्यालयहरुमा शिक्षकको व्यवस्था गनु पर्ने ।
७. हरिपुर्वा नगरपालिका भित्र रहेका वडा १,२,५,६,७,८ र ९मा रहेको धान जोनको व्यवस्थापन गर्नु पर्ने ।
८. नेपाल सरकारले प्रत्येक नगरभित्र ईलाका प्रहरी कार्यालय व्यवस्था गरेकोले अविलम्व त्यसलाई निर्णय गरी माग गर्नु पर्ने ।
९. हरिपुर्वा मुल सडकलाई तत्काल सुधारहुनु पर्ने ।
साथै माथी उल्लेखित सुधारका मागहरु पुरा भएन भने हामी त्यसको बिरुद्धमा बिरोधका कार्यक्रमहरु गर्न बाध्य हुने छौं ।