पर्सा गाउपालिकामा गाउँ स्तरिय बाल भेला कार्यक्रम सम्पन्न

चन्दन कुमार मिश्रा

जेठ ०५ पर्सा । बागमती सेवा समाज नेपालको प्राविधिक सहयोग तथा पर्सा गाउपालिकाको समन्वय एवं पर्सा गाउँ स्तरिय बाल संजालको आयोजनामा संचालित दुईदिने कार्यक्रम आज सम्पन्न भएको छ।

बालबालिकालाई लक्षित गरि संचालन गरिएको उक्त कार्यक्रमको मुल उद्देश्य नगर स्तरिय बाल भेलामा आर्थिक वर्ष ०८१/८२ को लागी बालबालिकाहरुले आफ्नो योजनाहरु तयार गरि प्रस्तुतिकरण गर्दै नगर प्रमुखलाई बुझाउनु हो।

उक्त गाउँ स्तरिय बाल भेलामा बाल संजालका पदाधिकारीहरु सहित पर्सा गाउँपालिकाका प्रत्येक वडाका बाल क्लबको पदाधिकारी हरुलाई सहभागी गराई योजना तयार पार्ने कार्यक्रम गरिएको बागमती सेवा समाज नेपालका फिल्ड मोबिलाईजर नवल साहले जानकारी गराउनु भयो ।
बाल संजालको अध्यक्ष गणिता कुमारी ठाकुरको अध्यक्षतामा सप्पन्न कार्यक्रमको प्रमुख आतिथिको रुपमा पर्सा गाउपालिका अध्यक्ष धिरेन्द्र राय यादब रहनु भयो ।
बाल भेलाबाट बालबालिकाले आर्थिक बर्ष ०८१/०८२ को लागि बजेट तर्जुमा गरेर गाउपालिका प्रमुख यादबलाइ हस्तान्तरण गरेको छ ।

Comments
Loading...