अबेषा परियोजना अन्त्रगत पर्सा गाउपालिका वडा २ मा विद्यालय भवन हस्तान्तरण

राजकिसोर साह ( कार्तिक - १ - २०७७ )

सर्लाहीको दक्षिणी क्षेत्रमा रहेको पर्सा गाउपालिका लाइ असोज २८ गते बुधबारको दिन एक कार्यक्रमको बिच शिक्षा क्षेत्रमा पिछडिरहेको समयमा वल्र्ड भिजन इन्र्टनेशनल नेपालको आर्थिक सहयोग तथा प्रबिधिक सहयोगमा ,राष्ट्रिय रोजगार प्रबर्धन केन्द्र संगको साझेदारी अन्तर्गत पर्सा गाउँपालिका वाड नं– २ मा रहेको श्री नेपाल राष्ट्रिय बैजु जनता माधमिक विद्यालय, सग्रामपुरमा रु.३६ लाख,२७ हजार ३सय ३४।– को लागतमा बनेको २ कोठे भवन विद्यालयले पूर्ण स्वामित्व तथा जिम्मेवारी ग्रहण गरी समुचित प्रयोग गरिने प्रतिवद्धता जाहेर गर्दै औपचारिक रुपमा हस्तान्तरण कार्य सु–सम्पन्न गरिएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि पर्सा गाउँपालिकाका अध्यक्ष किशुन देव रायले यो विद्यालयमा विद्यार्थीहरुको चाप धेरै नै भएकोले भौतिक पुर्वाधारको लागि पहिलो प्राथमिक्ता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय रोजगार प्रबर्धन केन्द्र बाट शिबजी प्रसाद साह , र्मम्मत सम्भार योजना प्रमुख नागेन्द्र साह, प्रअ मुनिलाल मंडल सहितको टोली उपस्थित रहेको थियो

Comments
Loading...