हरिपूर्वा नगरपालिकाको ३ सय ४४ जना विभिन्न बर्गको अपागंहरुलाई कार्ड बितरण

मुकेश झा । ( कार्तिक - १ - २०७७ )

सर्लाहीको हरिपूर्वा नगरपालिकामा केहि दनि अघि भएको अपागंहरुलाई लक्षित गरि सचांलन गरिएको नगर स्तरिय शिबिर बाट नगरपालिका भरिमा ३ सय ४४ जना विभिन्न बर्गमा पर्ने अपागंहरुलाई कार्ड बितरण गर्न लागिएको महिला बिकाश निरिक्षक धनमाया खडकाले बताउनुभएको छ ।
नगरपालिका निर्माण हुनु भन्दा अगाडी महिला बिकास कार्यालय तथा जिल्ला प्रशासन कार्यालयले शारीरिक बनाबट को अधारमा बर्गीकरण गरि अपागं कार्ड उपल्बध गराई सेबा सुबिधा उपल्बध गराइने भएपनि केही महिना देखि अपागंकार्ड बितरण हुन नसक्दा हरिपूर्वा नगरपालिकाको अधिकाशं अपागंहरु सेबाग्राही बाट बन्चीत भएको थियो । हरिपूर्वा नगरपालिकाको सहयोग तथा नगरस्तरिय अपागं सस्ंथाको सयुंक्त प्रयासमा अपागंहरुको पहिचान गरिएको महेन्द्र यादबले बताएको छन ।
नगर भित्र मा रातो कार्ड पाइने पूर्ण अपागं क बर्गमा २३ जना परेको छन । त्यस्तै निलो कार्ड पाउने अति अशक्त अपागं ख बर्गमा १ सय १० जना, पहेलो कार्ड पाउने मध्यम अपागं ग बर्गमा १ सय ४ जना तथा समान्य अपागं सेतो कार्ड पाउने घ बर्गमा १ सय ७ जना रहेको छन ।
रातो कार्ड पाउने पूर्ण अपागंलाई नेपाल सरकारले भत्ता स्वरुप मासिक ३ हजार तथा निलो कार्ड पाउने अति असक्त अपार्ग लाई मासिक १ हजार ६ सय रु. दिने गरेको पञ्जिकरण शाखाले जनाएको छ । त्यस्तौ ग बर्ग र घ बर्गमा परेको अपागंहरुले यातायातमा छुट, नगरपालिका द्वारा छुटियाइएको लक्षित वर्गहरुको बजेट बाट अपागं मुखि कार्यक्रमहरुमा सहभागी तथा अन्य जिबकोपार्जनको लागी एनजिओ अइएनजिओ बाट आएको सहयोगहरु पाउने नगर प्रमुख सियाराम रायले बताउनुभएको छन ।

Comments
Loading...