आफ्नै जग्गामा सर्लाहीको पर्सा गाउँपालिकाको नयाँ भवनको शिलान्यास समपन्न

लोकप्रिय समाचारदाता २०७७- ०३ -०४

पर्सा गाउँपालिका – निकै पुरानो र साँघुरो भवनमा रहेको सर्लाहीको पर्सा गाउँपालिकाको वुधवारबाट नयाँ भवन बनाउन सुरु गरिएको छ ।
जिल्लाको दक्षिण–पूर्वी भेगस्थित भारतसँग सीमा जोडिएको सो गाउँपालिकाको नयाँ बन्न लागेको भवनको वुधवार बिहान गाउँपालिका अध्यक्ष किसुनदेव रायले शिलान्यास गरे । हालको गाउँपालिका कार्यालय अगाडि रहेको गाउँपालिकाकै आफ्नो जग्गामा नयाँ भवन निर्माणका लागि यस वर्ष ८८ लाख रुपियाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष रायले जानकारी
दिए ।


तल्लो तलामा बजार राख्ने र माथिल्लो तलामा गाउँपालिका कार्यालय सञ्चालन गर्न मिल्ने गरी नयाँ भवन बनाउन लागिएको हो । साबिकको पर्सा गाविसको भवनमा रहेको तीन वटा कोठाबाट पूरै गाउँपालिका कार्यालय सञ्चालन गर्नुपर्दा सेवा प्रवाहमै समस्या भइरहेको गाउँपालिका अध्यक्ष रायले गुनासो गरे ।
उनका अनुसार जीर्ण भवन भएपनि तल गाउँपालिकाको कार्यालय सञ्चालन गरी माथिल्लो तलामा अस्थायी रुपमा बस्ने व्यवस्था मिलाएर सशस्त्र प्रहरीहरु बसिरहेका छन् । साबिकको सङ्ग्रामपुर, पर्सा, जिंगडवा र नारायणपुर गाविस मिलेर बनेको पर्सा गाउँपालिकामा छ वटा वडाहरु रहेका छन् ।

Comments
Loading...