आफ्नो राजनीतिक यात्रालाई निमिट्यान्न पार्ने षड्यन्त्र भयो – सभापति सिंह

रामबाबु खडका

फागुन १७ सर्लाही । सर्वोच्च अदालतको अन्तिम फैसलाको पूर्णपाठ नआउँदै केही सञ्चार माध्यमबाट भ्रमपूर्ण प्रचारबाजी गरिएको भन्दै नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह आपत्ति प्रकट गर्नु भएको छ ।
आफ्नो राजनीतिक यात्रा र प्रतिष्ठालाई समेत निमिट्यान्न पार्ने उदेश्यले षड्यन्त्रपूर्ण रूपमा आफू विरूद्ध गलत प्रचारबाजी गरिएको दावी गर्नुभयो ।
सिंहलाई विपक्षी बनाएर नेपाल सरकारले दायर गरेको मुद्दाको फैसलामा “पुनरावेदन जिकिर नपुग्ने´´ फैसला सुनाएको छ । त्यस्तै सभापति सिंहले नेपाल सरकारलाई विपक्षी बनाएर दायर गरेको अर्को मुद्दामा `केही उल्टी´ शब्दको फैसला गरेको छ । यति हुँदाहुँदै अहिलेनै दोषी ठहर भयो भनेर प्रचार गर्नु भ्रम फैलाउनु बाहेक अरु केही नभएको सभापति सिंहको भनाइ  छ ।

‘सम्मानित सर्वोच्च अदालतबाट हुने फैसलाको सम्मान गर्नुपर्छ,म पनि फैसलाको सम्मान गर्दछु । तर ,कुनै राजनीतिक व्यक्तिको चरित्र माथि गलत भ्रम फिजाउँन पाइँदैन’सिहले भन्नुभयो ।´
सिहले सम्मानित सर्वोच्च अदालत माथि आफ्नो विश्वास यथावत रहेको विश्वास समेत व्यक्त गर्नुभयो ।

Comments
Loading...