Warning: session_start(): open(/tmp/sess_t321s750hgfbpi8g57op8c7bg3, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
आमसंचार पत्रकारीता तथा क्षमता विकास कार्यक्रम सप्पन्न – lokpriyaawaj

आमसंचार पत्रकारीता तथा क्षमता विकास कार्यक्रम सप्पन्न

लोकप्रिय अवाज समाचारदाता

मंसिर १५ सर्लाही । हरिपुर नगरपालिकाको सहयोगमा मुनाल सामुदायिक संस्थाले आयोजना गरेको आमसंचार पत्रकारीता तथा क्षमता विकास कार्यक्रम बिहीबार सम्पन्न भएको छ। हरिपुर नगरपालिका -५ को लक्ष्मीपुरमा संचालित प्रशिक्षण कार्यक्रममा लक्षित वर्गका १७ जना प्रशिक्षार्थीको सहभागी रहेको आयोजक संस्थाले जानकारी दिएको छ।           सहभागी प्रशिक्षार्थीलाई कान्तिपुर दैनिकका पत्रकार ओमप्रकाश ठाकुरले प्रशिक्षण दिनुभएको थियो।सहभागी प्रशिक्षार्थीलाई हरिपुर नगरपालिका मेयर गोपाल पजियारले प्रमाणपत्र वितरण गर्नुभयो । समापन कार्यक्रम हरिपर नगरपालिका ५ का वडाध्यक्ष सुरेन्द्र चौधरी , नगरपालिका अधिकृत विनय पौडेल , लेखा अधिकृत भुपेन्द्र सिंह, वडा सचिव मिलन सुवेदीलगायतको सहभागीता रहेको थियो। सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै मेयर पजियारले पत्रकार समाजको ऐना भएकाले सेवाको रुपमा पत्रकारीता क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो । नगरले पत्रकारीता ,क्षेमता विकास तथा युवा सशक्तीकरणको क्षेत्रमा थप कार्यक्रम संचालन गर्ने प्रशिक्षार्थीलाई आश्वासन दिनुभयो ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_t321s750hgfbpi8g57op8c7bg3, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0