उच्च शिक्षा पुरा गरी बिहे गर्ने रेणुले पाइन् प्रोत्साहन स्वरुप नगद रु. ५० हजार

रबिन्द्र ठाकुर । मसिंर २३ २०७९

सर्लाही,२३ मंसिर । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालविवाह अनत्य गर्न तथा छोरीहरूको उच्च शिक्षामा पहुँच पु¥याउन अभियान सुरु गरेको छ ।गाउँपालिकाले ‘उच्च शिक्षामा छोरीको पहुँच कार्यक्रम’ मार्फत एक नवविवाहित जोडिलाई प्रोत्साहन रुवरुप नगद रु ५० हजार प्रदान गरेको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोले वडा नं। २ मा उपस्थित भई २२ वर्षिया बेहुली रेणु सिंह र ईश्वरपुर नगरपालिका वडा नं ७ पोखरी टोल बस्ने २९ वर्षीय जितेन्द्र सिंहलाई विवाह स्थलमै पुगी नगद रु ५० हजार हस्तान्तरण गर्नुभयो ।
गाउँपालिकाले गाउँपालिकामा छोरीहरूको उच्च शिक्षा बिचमै रोकिने परम्परा हटाउन र बालविवाह न्युनिकरण गर्ने निर्णय गरेको थियो ।तराई मधेशमा अहिले पनि बालविवाह व्यापक हुने गर्दछ । चन्द्रनगरमा भने यो अभियान सँगै परिवर्तन भएको छ । गाउँपालिकाले बालविवाह अनत्य तथा छोरीको उच्च शिक्षामा पहुँच पु¥याउन अभियान थालेपछि अभिभावक पनि सचेत बनेका छन् ।
गाउँपालिका अध्यक्ष महतोले छोरीको उच्च शिक्षामा पहुँच पु¥याउन गाउँपालिकाले एउटा छोरीमा ६१ हजार लगानी गरेको बताउनुभयो ।स्नातक तह प्रथम वर्षमा भर्ना भएका छोरीलाई समेत गाउँपालिकाले नगद रु ११ हजार दिने गरेको अध्यक्ष महतोले बताउनुभयो ।

उहाँले प्लस २ पास गरी २० वर्ष उमेर पुरा गरी छोरीले बिहे गरेमा त्यस्ता नवविवाहित जोडीलाई ५० हजार र स्नातक प्रथम वर्षमा अध्ययनरत छोरीलाई ११ हजार गरी गाउँपालिकाले ६१ हजार लगानी गरेको बताउनुभयो ।

नवविवाहित दुलहीका बुवा हरदेव कुमर सिंहले आफु सुरुदेखि नै बालविवाहको विरुद्धमा रहेको र छोरीलाई उच्च शिक्षा दिलाउनुपर्छ मान्यता बोकेको हुँदा छोरीले स्नातक तह पढ्न सुरु गरेपछि आदर्श विवाह गरेको सिंहले बताउनुभयो ।

Comments
Loading...