सहकारीमा तरलता समसमायिक बिषयक अन्तरक्रिया कार्यक्रम सप्पन्न

लोकप्रिय अवाज समाचारदाता ( २०७९/०८/२४ गते शनिबार

रौतहट २४ । देशमा सहकारी क्षेत्रमा दिनानुदिन तरलताको अभावले पर्न गएको समस्या कारण सहकारी संस्था को अवस्था खराब हुँदै गइरहेको बेला राष्ट्रिय सहकारी बैंक लिमिटेडका शाखा कार्यालयहरु बर्दिबास, हरिवन, चपुर,कलैया,सिमरा र वीरगञ्जको संयुक्त आयोजनामा रौतहटको चन्द्रनिगाहपुरमा आज १ दिने सहकारीमा तरलता र समसामयिक सन्दर्भ बिषयक वर्तमान तरलता समस्या तथा समाधान सम्बन्धमा बृहत अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।

राष्ट्रिय सहकारी बैंकको केन्द्रिय अध्यक्ष के बि उप्रेतीको सभापतित्वमा सप्पन्न कार्यक्रमा निवर्तमान अध्यक्ष रमेश पोखरेलज्यु साथ साथै संचालक एवं मधेस प्रदेश संयोजक श्री विश्वनाथ मण्डल ज्यू र संचालक श्री ध्रुवनारायण यादव विशिष्ट अतिथ्य रहनुभएको थियो । अन्तरक्रिया कार्यक्रममा महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा बाट विभिन्न सहकारीको पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Comments
Loading...