Warning: session_start(): open(/tmp/sess_417jrkf702hos23vv133e9v887, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
एउटै पदको लागि नौ महिनामा तीन पटक हाजिर तिनै पटक सरुवा – lokpriyaawaj

एउटै पदको लागि नौ महिनामा तीन पटक हाजिर तिनै पटक सरुवा

लोकप्रिय समाचारदाता

माघ ०३ हरिपुर्वा । सर्लाहीको हरिपुर्वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदको लागि बैशाख देखि पुस महिनासम्म उपसचिव शम्भु प्रसाद यादब तीन पटक हाजिर भए पनि तिनै पटक सरुवा भएको छ ।

पहिलोपटक को लागि बैशाख १७ गते हाजिर भएको उप सचिब शम्भु प्रसाद यादब एक घण्टा मै सरुवा भएको ५ महिना पछि पुनः असोज १७ गते हाजिर हुनुभएको थियो । हाजिर भएको २४ घण्टामै पुनः फिर्ता बोलाइएको यादबलाइ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मंसिर २८ गतेको निर्णय अनुसार चलानी नम्बर १२२३ को पत्र अनुसार कामकाजमा नगराइन नगरपालिका धनुषाबाट सरुवा गरि हरिपुर्वा नगरपालिकामा पठाएको यादब पुस ११ गते हाजिर भएको एक महिना नबित्दै पुनः सिरहा जिल्लाको सिरहा नगरपालिकामा सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८०/१०/०३ गतेको चलानी नम्बर १४०६ को पत्रमा उल्लेख्य छ ।
बिबादै विवाद झेलिरहेको हरिपुर्वा नगरपालिकामा बिकास निर्माणका काम ठप्प हुनुको साथ साथै कर्मचारीले आर्थिक बर्षको शुरुआत देखि नै तलब भत्ता खाएको छैन । समाजिक सुरक्षाको रकम समेत बितरण हुन नसक्दा ज्येष्ठ नागरिक तथा एकल महिला बिचल्ली अवस्थामा छ । तेस्रो पटकको लागि यादब पुस ११ गते नगरपालिकामा हाजिर भएपछि केही हुने आसमा बसेको हरिपुर्वा नगरबासी यादबको अचानक भएको सरुवा पछि  पुनः निरास भएको छ ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_417jrkf702hos23vv133e9v887, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0