Warning: session_start(): open(/tmp/sess_bl9ramqvmk7cmmlr75lpoo52h5, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
कथा लेखन सम्बन्धि ३ दिने तालिम सम्पन्न – lokpriyaawaj

कथा लेखन सम्बन्धि ३ दिने तालिम सम्पन्न

मुकेश झा

पुस २७ गते सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका तथा पर्सा गाउपालिकाका २८ जना बालबालिकाले महत्वोपुर्ण परिवर्तन सम्बन्धित तीन दिने कथा लेखन तालिम तथा अभ्यास सप्पन्न गरेको छ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा बागमती सेवा समाजको आयोजनामा सप्पन्न तालिममा १५ जना बालिका तथा १३ जना बालक सहभागी भएको कार्यक्रम संयोजक प्रमेश बादेले बताए ।

समाजमा भएको विभिन्न परिवर्तन तथा घटनालाइ समेटी कथाको रुप तयार पार्न यस तालिमको मुख्य उद्देश्य रहेको तालिम सहजकर्ता सीता चौधरीले बताउनु भयो ।

कथा लेखन तालिममा सहभागी भएपछि धेरै नौलो कुरा सिक्न पाएको र अब हाम्रो समाजमा भएको विभिन्न परिवर्तन तथा घटनालाइ पारदर्शिता दिन कथा लेख्ने बानी बसाल्ने प्रतिबद्धता सहभागी बालबालिकाले गरेको छन ।

तीन दिन सम्म चलेको तालिमको सहजकर्ताको रुपमा वर्ल्ड भिजन इन्टरनेट नेपालबाट सीता चौधरी, बागमती सेवा समाजबाट प्रमेश बादे, पत्रकार जनार्जन खत्री तथा मुकेश झा रहनु भयो ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_bl9ramqvmk7cmmlr75lpoo52h5, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0