Warning: session_start(): open(/tmp/sess_c0fhs274mc6412ld5638aus836, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
कार्यालय देखि विद्यालय सम्म बन्दको प्रभाव कर्मचारी तथा शिक्षक अनिकालिन धर्नामा – lokpriyaawaj

कार्यालय देखि विद्यालय सम्म बन्दको प्रभाव कर्मचारी तथा शिक्षक अनिकालिन धर्नामा

मुकेश झा

फागुन ०६ हरिपुर्वा । सर्लाहीको हरिपुर्वा नगरपालिका अहिले पुर्ण रुपमा अस्त ब्यस्त बनेको छ । चालू आ.ब. साउन देखि माघ सम्म ७ महिनाको तलब भत्ता उपलब्ध गराउनुपर्ने माग रख्दै अहिले पालिका भित्रको सबै कार्यालय तथा विद्यालय बन्द गरेर कर्मचारीहरु आन्दोलित बनेको छ ।
माघ २८ गते देखि नगरपालिकाका कर्मचारीहरुले स्वास्थ्य चौकी, आयुर्वेद,कृषी, वडा कार्यालय लगायतका कार्यालयहरु बन्द गरेर नगरपालिका अगाडी धर्नामा बसेको आज ७औ दिन भएको छ । त्यस्तै आज देखि नगरपालिका भित्रका १६ वटा विद्यालयको एक सय भन्दा बढी शिक्षकले पठनपाठन बन्द गरि कर्मचारीहरुले गरेको बन्दमा आफ्नो एकवद्धता जनाउदै धर्नामा बस्नुभएको छ।

हरिपुर्वा नगरपालिकामा बिगत देखि नै बिबादका कारण नगरपालिकाको नगर सभा हुन नसक्दा तलब, समाजिक सुरक्षा भत्ता लगायतको कामहरु बन्द हुदा सेवाग्राही मार्कामा परेको छ ।


हरिपुर्वा नगरपालिकाले भोलि फागुन ७ गते नगरसभाको कार्यक्रम समेत राख्नु भएको र सभा पारित हुने लगतै पहिलो प्राथमिकता कर्मचारीलाई तलब तथा समाजिक सुरक्षा भत्ता बितरनमा राख्ने हरिपुर्वा नगरपालिकाको नगरप्रमुख बिनोद कुमार साहले बताउनु भयो ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_c0fhs274mc6412ld5638aus836, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0