कृषि तथा सिचाइ क्षेत्रमा छुटियाएको २ करोड बजेट खर्चिन नसक्दा हरिपुर्वाको किसान खडेरीको सामना गर्दै

लोकप्रिय समाचारदाता

साउन १३ हरिपुर्वा । चालू आ.ब. २०७९/०८० मा हरिपुर्वा नगरपालिकामा भएको तालाबन्दी विवाद तथा स्थानीय सरकारको लापरबाहीले किसान सबै भन्दा मारमा परेको छ ।


चुनावको बेला राजनीतिक दलका प्रतिनिधिहरुले किसानलाई विभिन्न सपना देखाएर लिएको मत अहिले खेत बाझो रहेपछी किसान जनप्रतिनिधिहरु प्रती आक्रोसित भएको छ । स्थानीय तह निर्वाचन २०७९ बैशाखमा निर्वाचित भएको नगर प्रमुख बिनोद कुमार साहको घोषणापत्र मै किसानको खेत खेतमा सिचाइ गर्ने योजना रहेपनी बितेको एक बर्षमा एउटा पनि योजना सिचाइ अन्तरगतको कार्यमा खर्च  गर्न सकिएको छैन

खेत खेतमा सिचाइ पुर्याउने योजना सहितको घोषणापत्र अधिकांस निर्वाचित जनप्रतिनिधि को पर्चा पम्पलेटमा देखा परेको थियो ।
हरिपुर्वा नगरपालिकामा योजना कार्यक्रम संचालन भएको भए सशर्त तथा संघिय बित्तीय समानिकरण बाट कृषी तथा सिचाइ क्षेत्रमा तटबन्ध निर्माण, स्यालो ट्युबवेल जडान, डिप बोर्डिङ जडान सहितको योजनामा करिब २ करोड छुटियाइएको बजेटले हरिपुर्वा नगरपालिकाको कम्तीमा ५० प्रतिशत भन्दा बढी क्षेत्रमा अहिले धान रोपाइको लागि सिचाइको ब्यबस्थापन गर्न सकिन्थ्यो ।


शसर्त तर्फमा १ करोड १५ लाख भन्दा बढी बजेट ट्युबवेल जडान, डिप बोर्डिङ जडान तथा नदि नियन्त्रणमा तटबन्ध निर्माणका लागि योजना तथा कार्यक्रम छुटियाइएको थियो । जसमध्ये इश्वरपुर तथा हरिपुर्वा नगरपालिका बीच रहेको बाके खोलामा बनाइएको सेकटर बांध पुर्ण रुपमा क्षत-बिक्षत रहेको ठाउँमा नदि नियन्त्रणको लागि तटबन्ध योजनामा नगरपालिका तथा तराइ समृद्ध कार्यक्रम अन्तरगत योजनामा ४५ लाख भन्दा बढी खर्चिएको छ । लाखौ रकम उक्त योजनामा खर्चिए पनि सेक्टर बाध निर्माण नभए सम्म किसानको लागि त्यो तटबन्ध बेफाइदाजनक नै रहेको हरिपुर्वा नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष रामसोगारथ रायले बताए । रायको अनुसार ५-७ बर्ष पहिले बाके सेकटर बाट हरिपुर्वा नगरपालिका र पर्सा गाउपालिकाको करिब ५ सय बिघा जग्गा सिचाइ हुन्थ्यो तर अहिले यो सेक्टर निर्माणका लागि स्थानीय सरकार पुर्ण रुपमा मौन रहेको कारण किसान अकाशे खेती गर्न बाध्य बनेको छ ।


त्यसतै हरिपुर्वा नगरपालिकाको विभिन्न वडाहरुको योजना तथा कार्यक्रममा किसानलाइ लक्षित गरि रु. ५० लाख स्यालो ट्युबवेल तथा डिप बोर्डिङ जडानमा बजेट छुटियाए पनि पालिका विवादित रहेको कारण नया निर्वाचित जनप्रतिनिधिले गर्ने सहयोगमा किसानको सिचाइ गर्ने सपना बेकार नै गएको छ ।
यस आब २०८०/०८१ को लागि पनि हरिपुर्वा नगरपालिका नया बजेट तथा नीति ल्याउन असफल रहेको छ ।

Comments
Loading...