घटना व्यवस्थापन तालिमको समापनमा सहभागीलाई प्रमाणपत्र बितरण

मुकेश झा

हरिवन । वर्ल्डभिजनको सहाकार्य तथा बागमती सेवा समाजको आयोजनामा सर्लाहीको हरिवन स्थित रहेको होटेल होलिडे इन मा बाल संरक्षण सम्बन्धि ३ दिने घटना व्यवस्थापन तालिम को समापन शनिबार भएको छ ।
घटना व्यवस्थापन को तालिममा हरिपुर्वा नगरपालिका बाट हरिपुर्वा नगरप्रमुख बिनोद कुमार साह, उप मेयर सुमिन्त्रा देबि ग्वारिन, वडाध्यक्ष ५ नम्बर को बिजयभुषण प्रसाद साह, ८ को रमेश कुमार अधिकारी , पन्जाधिकारी सुनिता यादब, न्यायिक समिती को शाखा प्रमुख मनिता काफ्ले,लोकप्रिय अवाजको प्रकाशक एवं सम्पादक मुकेश झा, नागरिक समाजको अगुवा उग्रकान्त झा, रेडियो मधेशको सन्तोष कर्ण,सहित जिल्ला स्वास्थ्य कार्यालय, हरिवन इलाका प्रहरी कार्यालय, बार एसोसिएसन, पर्सा गाउपालिका बाट कर्मचारी तथा प्रतिनिधिहरु सहित ३० जना सहभागी को रुपमा उपस्तिथित रहेको थियो ।


तालिममा बालबालिका संबंधित घटना दर्ता कसरी गर्ने, दर्ता गरेपछी त्यसको लेखाजोखा, स्याहर सुसार, समस्यामा परेको बालबालिका को संरक्षण एवं घटना समापनको तरिका, बालबालिका को मौलिक हक र अधिकार सम्बन्धि जानकारी सहभागी लाई गराइएको थियो ।
तालिमको अन्तिम दिन सहभागीहरु लाई बागमती सेवा समाजको अध्यक्ष भरत कुमार कार्किले प्रमाणपत्र प्रदान समेत गर्नुभयो ।
घटना व्यवस्थाको तालिम समापन कार्यक्रममा वर्ल्ड भिजन बाट सीता चौधरी, प्रशिक्षक द्व तारक धिताल, मधु दवाडी, हरिपुर्वा नगरपालिका को नगरप्रमुख बिनोद कुमार साह,कार्यक्रम संयोजक प्रमेश बाडे सहितको उपस्तिथि रहेको थियो ।
तालीम को प्रशिक्षकलाइ बागमती सेवा समाजले मयाको चिनो प्रदान गरि सम्मान गर्नुभएको कार्यक्रम संयोजक प्रमेश बाडेले बताए ।

Comments
Loading...