बागमती सेवा समाज द्वारा ३ दिने घटना व्यबस्थापन तालिम शुरु

मुकेश झा माघ ०५ २०७९

हरिवन । सर्लाहिको हरिवन नगरपालिका स्थित रहेको होलिडे होटेल मा हरिपुर्वा नगरपालिका र पर्सा गाउपालिका को बालबालिका क्षेत्रमा काम गर्ने समाजिक अभियन्ता एवं कर्मचारी तथा जनप्रतिनिधी हरुलाइ बाल संरक्षण सम्वन्धी घटना ब्यबस्थापन तालिम आज देखि शुरुभएको छ ।
वर्ल्डभिज इन्टरनेशनल को सहकार्यमा तथा बागमती सेवा समाजको आयोजनामा शुरुभएको ३ दिने तालिममा प्रशिक्षकको रुपमा मधु द्वाडी र तारक धिताल रहनु भएको छ । कार्यक्रममा बागमती सेवा समाजको अध्यक्ष भरत कुमार कार्की ले स्वागत मन्त्वय राख्दै बालबालिकाको क्षेत्रमा स्थानिय तहले समन्वय गरिदिनुहुन आग्रह गर्नु भएको छ ।
बाल संरक्षण सम्बन्धी घटना व्यवस्थापन तालिम बिहिवार देखि शनिबार सम्म ३ दिन चल्ने बागमती सेवा समाजको कार्यक्रम संयोजक प्रमेश बडे ले बताएको छन ।

Comments
Loading...