चन्द्रनगर गाउँपालिकामा प्रशासकीय भवन निर्माण हुने, गाउँपालिका अध्यक्ष राज कुमार महतोले गरे भवनको शिलान्यास

राधेश्याम कुश्वाहा

सर्लाही, १९फागुन । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा प्रशासकीय भवन निर्माण हुने भएको छ । शुक्रवार गाउँपालिका अध्यक्ष राजकुमार महतोको नेतृत्वमा सम्पुर्ण जनप्रतिनिधिहरुले संयुक्त रुपमा प्रशासकीय भवनको शिलान्यास गर्नुभएको छ । भवन शिलान्यास चन्द्रनगर गाउँपालिका वडा नं.६ स्थित नाढीमनमा गरिएको थियो ।भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ गाउँपालिका अध्यक्ष महतोले आफुले गरेको प्रतिवद्धता पुरा गरेको बताउनुभयो । नाढीमन क्षेत्र सयौं वर्ष भन्दा माथिको इतिहास बोकेको क्षेत्र हो, यसको क्षेत्रफल ठुलो थियो तर हालमा सो क्षेत्र अतिक्रमित छ । अब जनप्रतिनिधिको नाताले आफुले सम्पुर्ण अतिक्रमित क्षेत्र खाली गराउने बताउनुभयो । भवन निर्माणमा सहयोग गर्न व्यपारीहरुलाई आग्रह गर्नु हुदैँ गाउँपालिका अध्यक्ष महतोले उपयोग गरिरहेको टहरा हटाउन अनुरोध समेत गर्नुभयो । तत्काल गाउँपालिकाले भवन निर्माण कार्य अघि बढाउन १ करोड बजेट विनियोजन गरेको छ, बाँकी बजेट केन्द्रिय सरकार मातहातका कार्यालयबाट ल्याई तिब्र गतिमा गाउँपालिका भवन निर्माण हुने अध्यक्ष महतोले प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानिय विकास पुर्वाधार विभाग,काठमाडौंमा पहल गरी ११ करोड ५० लाखको प्रस्ताव पेश गरेको छु । जसमध्ये पुर्वाधार कार्यालयले ६० प्रतिशत बजेट दिने छ भने गाउँपालिकाले ४० प्रतिशत लगानी गर्ने छ । नाढीमन क्षेत्र चन्द्रशमशेर राणाको नामले चिनिने भएको हुदाँ पुरानै मोेडेलमा आधुनिक तरिकाबाट गाउँपालिकाको भवन निर्माण हुने गाउँपालिका अध्यक्ष महतोले भन्नुभयो ।

यसैगरी नाढीमन तालको पनि सँगसँगै विकास गरिने छ । नाढीमन तालको संरक्षण तथा मौलिक रुपमा पुःन निर्माण गर्न तयार गरिने भएको हुदाँ १० करोडको डिपिआर बनाइ राष्ट्रिय योजना आयोगमा समपुरक अनुदानमा पेश गरेको छु र यो योजना पहिलो प्राथमिकतामा राखिएको हुदाँ नाढीमन तालको विकास हुने अध्यक्ष महतोले बताउनुभयो । नाढीमन तालको पुःन निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने गाउँपालिका अध्यक्ष महतोले विश्वास व्यक्त गर्नुभयो ।
उहाले विकास निर्माण कार्यलाई आफुले पहिलो प्राथमिकता दिएको छु,चन्द्रनगर वासीहरुले आफुलाई सहयोग गरे चन्द्रनगर गाउँपालिका नमुना गाउँपालिका र विकासमा फन्को हान्ने बताउनुभयो । प्रशासकीय भवनको अभावमा यश अघि भाडामा कोठाहरु लिएर विभिन्न प्रशासनिक कार्य भैरहेको थियो , अब भवनको निर्माण कार्य सकेर आफ्नै भवनमा प्रशासनिक कार्य हुने चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङ्गले जानकारी    दिनुभयो ।

भवन शिलान्यास कार्यक्रममा उपाध्यक्ष, वडा नं १ देखि ७ सम्मका जनप्रतिनिधिहरु,निवर्तमान जनप्रतिनिधिहरु,विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका अगुवा, चन्द्रनगर गाउँपालिकाका कर्मचारीहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Comments
Loading...