जीवन विकासले मनाए १२ औं अन्तर्राष्ट्रिय “GLOBAL MONEY WEEK”

बिबेक कुमार यादब

चैत ०८ हरिपुर्वा नगरपालिका-१ स्थित जीवन विकास लघुवित्तिय संस्थाले “protect your money secure your future” मुल नाराका साथ उक्त कार्यक्रम मनाएका छन्।उक्त कार्यक्रम हरिपुर्वा नगरभरीका आवद्ध जीवन विकासका सदस्यहरुले बिभिन्न नाराका साथ र्याली निकाल्दै सम्पन्न गरेको छ।यस् कार्यक्रमको मुख्य उद्देश्य युवाहरूमा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउनु र बचत गरि आफ्नो भविस्य सुरक्षीत गर्नु थियो।उक्त कार्यक्रममा जीवन विकासका साथसाथै माहुली लघु लघुवित्त तथा एन.आई.सि एसिया बैंक पनि सहभागी भएको थियो।यस् अन्तर्राष्ट्रिय कार्यक्रममा जीवन विकासका १६० वटा शाखाले देशभरिमा बिभिन्न कार्यक्रम गर्दै मनाएका छन्।यस् कार्यक्रममा उपस्थित समाजसेवी महिला अनिता देव भन्छिन् “आजको बचत भोलिको भविस्य हुन र हाम्रो समाजमा पैसाको सदुपयोग गर्ने अभ्यासको कमि देखिन्छ र हामिले अर्थको सदुपयोग गर्न यस्ता किसिमका कार्यक्रम र तालिमको अझै आवस्यकता रहेको देखिन्छ र खासगरेर महिला वर्गमा”त्यस्तै जीवन विकासका शाखा प्रमुख अनिल साह भन्छन् “हामिले यो कार्यक्रम गर्नुको मुल उद्देश्य नै युवावर्गमा वित्तीय चेतना अभिवृद्धिमार्फत वित्तीय व्यवहारमा दिगोपन र सबल वित्तीय वातावरण विकासमा जोड दिनु हो हामिले नचाहेको कुरामा पैसा फाल्छौ तर बचतको कुरो आउँदा कन्जुस्याइँ गर्छौं त्यसैले सेवाग्राहीहरुले आफ्नो भविस्यको लागी बचत तर्फ पनि ध्यान केन्द्रित गर्नु पर्छ”।

Comments
Loading...