ठिकदारको लापरबाहिले मलंगवा–सग्राम्पुर हुलाकी सडक र्जजट

मुकेश झा, २०७७–०६–०९ गते

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवाबाट पुर्व जोडने एक मात्र सडक खण्ड मलंगवा संग्रामपुर हुलाकी सडक जर्जट अवस्थामा पुगेको छ । महोत्तरीको सदरमुकाम जलेश्वर देखी सर्लाहीको सदरमुकाम मलंगवा सम्म जोडिएको यस हुलाकी सडकबाट दिन्हु हजारौ यात्रु बिभिन्न सवारी साधनको माध्यम बाट यात्रा गरिरहेको अवस्था मा सडक जर्जट भएको कारण दिन्हु दुर्घटना भइरहेको छन । महोत्तरीको भागमा पर्ने सडक कालो पत्रे भइसक्दा पनि सर्लाहीको सग्राम्पूर देखि शुरु भएको सडक खण्ड ठिकदारको लापरबाहिले अहिले सम्म ग्राभेल समेत भएको छैन ।

पर्सा गाउपालिका अन्र्तगत पर्ने शितलपुर देखि मलंगवा सम्मको हुलाकी सडक खण्ड अन्र्तगत सखुअबाको नखा खोलामा बिगत ५ बर्ष देखि पुल निर्माणाधिनमा नै छ जसको कारण प्रत्येक बर्ष अषाढ देखी कार्तिक सम्म खोला पारि गर्न धौ–धौ परेको हुन्छ । त्यस्तै अहिले ब्रह्मपुरी गाउपालिका अन्र्तगत पर्ने सखुअबा देखि भेल्ही टोल सम्म ठाउ–ठाउमा बाटो फुटेको कारण मोटरसाइकल चलाउन पनि गाहराे भएको हरिपूर्वा – ६ बस्ने संजय कुमार साहले बताएको छन ।

पुर्व पश्चिम हुलाकी सडक निर्माण भईरहेको कारण सडकमा अधिकांश ठाँउमा ठुलो – ठुलो खाल्डो बनेको र सो खाल्डोमा पानि भरिएको कारण सवारी साधन खाल्डोमा परि दुर्घटना हुने गरेको छ । सर्लाहीको दक्षिणी क्षेत्रलाई जोडने एकमात्र उक्त हुलाकी सडक क्षतिग्रस्त अवस्थामा रहेको कारण स्थानिय जनता तथा उक्त क्षेत्रको यात्रुको यात्रा दिन प्रति दिन कष्टकर बन्दै गएको स्थानिय जनताहरुले गुनासो गरे पनि सम्बन्धीत निकाय मौन रहेको छन् ।

Comments
Loading...