सबै सेबा सुबिधा सम्पन्न अबिस्कार हेल्थ केयर एण्ड रिसर्च सेन्टर को स्थापना हरिपूर्वामा

मुकेश झा २०७७ आश्विन ३ गते

सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने हरिपूर्वा नगरपालिका गाबिस वाट स्थानिय तहको निर्माणमा नगरपालिका घाषित भएपनि स्वास्थ्य शिक्षा सिचाई तथा सडकमा एकदमै पिछडिएको बेला बटेश्वर बस्ने बैजनाथ कुमार साहले हरिपूर्वा नगरपालिकालाई लक्षित गरि सबै सेबा सुबिधा समपन्न तथा २४ औ घण्टा स्वास्थ्य सेबा प्रदान गर्न अबिश्कार हेल्थ केयर एण्ड रिसर्च स्थाप्ना गरेर नगरबासीको मन जित्न सफल भएको छ ।


यहि आश्विन १ गते बाट संचालनमा आएको अबिश्कार सेन्टरमा ओपिडी सेवा, एक्सरे,ल्याब,अल्ट्रासाउन्ड सहित आधुनिक तरिकाले रागीलाई सेबा प्रदान गर्ने साहले बताएको छ । साहको अनुसार हरिपूर्वा बासीले अगामी दिनमा सहयोग गरे अप्रेशनको समेत ब्यबस्था मिलाउने र बिस्तारै अनुभवि र ख्याती प्राप्त डाक्टरहरु लाई पनि हरिपूर्वा को अबिश्कार सेन्टरमा राखेर सेबा प्रदान गर्ने बताउनुभयो ।

Comments
Loading...