Warning: session_start(): open(/tmp/sess_imq6mqife4l3dj4337b4ifp2d4, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
तलब नपाएको कारण शिक्षक तथा वडा सचीवहरुले आइतबारदेखि सेवा प्रवाह बन्द गर्ने – lokpriyaawaj

तलब नपाएको कारण शिक्षक तथा वडा सचीवहरुले आइतबारदेखि सेवा प्रवाह बन्द गर्ने

बिबेक कुमार यादब

माघ २५ हरिपुर्वा । आर्थिक बर्षको शुरुआत देखि नै बिबादै बिबादमा परेको हरिपुर्वा नगरपालिकाको विभिन्न वडामा कार्यरत वडा सचीव तथा १६ वटा सामुदायिक विद्यालयका शिक्षकले साउन देखि अहिलेसम्म ७ महिनाको तलब नपाउदा संयुक्तरूपमा आइतबारदेखि वडा कार्यालय तथा विद्यालय अनिश्चितकालीन समयका लागि बन्द गर्ने घोषणा गरेको छ ।

विभिन्न राजनीति द्वन्दका कारण आर्थिक बर्ष २०८०/०८१ को लागि हरिपुर्वा नगरपालिकाले बजेट समेत ल्याउन सकेको छैन । स्थानीय तह निर्माण देखि नै हरिपुर्वा नगरपालिकामा विभिन्न बहानामा बन्द ,हडताल , तालाबन्दी जस्ता कृयाक्लाप भैरहेको हुनाले प्रमुख प्रशासकीय अधिकृतको रुपमा कुनै पनि उपसचिव आउन मानेको छैन ।
हरिपुर्वा नगरपालिकाका नगरप्रमुख बिनोद कुमार साहले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिई ल्याएको उपसचिव शम्भु प्रसाद यादबलाइ ९ महिनामा ३ पटक ल्याउनु भएको र तिनै पटक केही दिनमै मन्त्रालयले तानेको कारण नगरपालिकाले बजेट समेत ल्याउन असफल रहेको छ ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुदा खाता समेत संचालनमा न आएको कारण कर्मचारी तथा शिक्षकहरुको तलब भत्ता, समाजिक सुरक्षा भत्ता,मसलन्द खर्च, स्वास्थ्य चौकीमा औषधिको अभाव सहितको समस्याहरु सृजना भएको छ ।
नगरपालिकामा नगरप्रमुख तथा उपप्रमुख एउटै पार्टी नेपाली काङ्ग्रेस बाट निर्वाचित भएपनी आपसी मिलोमतो नहुदा अहिले नगरपालिकाको सम्पूर्ण काम ठप्प बनेको छ

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_imq6mqife4l3dj4337b4ifp2d4, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0