हरिपूर्वा नगरपालिकामा कार्यरत कर्मचारीहरु आर्थिक संकटमा तलबको व्यवस्था नहुन्जेल सम्म अनिश्चतकालका लागी कार्यालय बन्दको घोषणा

बिबेक कुमार यादव

माघ २६ हरिपूर्वा । सर्लाहीको हरिपूर्वा नगरपालिकाले आथिर्क बर्ष २०८०।०८१ को लागी बजेट ल्याउन नसक्दा नगरपालिकामा कार्यरत विभिन्न शाखाका २ सय कर्मचारी आर्थिक संकटमा परेको ले माघ २८ गते आइतबार देखी आकस्मिक काम बाहेक सम्पुर्ण शाखा,स्वास्थ्यचौकी,आर्युवेद शाखा,वडा कार्यालय सहतिका शाखाहरु अनिश्चित कालका लागी बन्द गरेको घोषणापत्र कर्मचारीहरुले संयुक्तरुपमा नगरप्रमुख विनोद कुमार साह तथा जिल्ला प्रशासन प्रमुख (सिडियो) लाई बुझाएको छ । ।
 चालु आ.व.को शुरुवात साउन महिना देखि नै कर्मचारीहरुले काम गरेवापतको पारिश्रमिक तलव भत्ता पाउन नसक्दा खान लाउन धौ–धौ परेको प्रशासकिय अधिकृत कुमार परियारले बताए । धादिंग जिल्ला घर भई हरिपूर्वा नगरपालिकामा करिब ४ बर्ष देखि प्रशासकिय अधिकृत पदमा कार्यरत परियार ७ महिना देखि तलब नपाउदा उधारोमा पसलबाट किराना समानहरु खरिद गरि बस्न बाध्य भएको बताए । हाल नगरपालिकामा १५ जना भन्दा बढि कर्मचारी अन्यत्र जिल्ला घर भई विभिन्न पदमा कार्यरत छन ।

नगरपालिकाको विभिन्न शाखाहरु,वडा कार्यालयहरुमा काम गर्न चाहिने मसलन्द समाग्रीको समेत अभाव भएकोले बाध्य भएर वडा कार्यालय बन्द गर्नुपर्ने वडा नम्बर ६ का वडा सचिव विश्वनाथ यादवले बताए । यादवका अनुसार सेवाग्राहीको सिफारीस,जन्मदर्ता,मृत्युदर्ता,मालपोत रसिद सहितका आवश्यक कामका लागी चाहिने कागजात पनि वडामा छैन । नगरपालिकाको जिन्सी (स्टोर)मा समेत नहुदा सधै जनता संग गाली खानु परिरहेको बताएको छन ।
स्थानिय निर्वाचन २०७९ मा म नगरप्रमुख को पदमा निर्वाचित भए संगै यसै नगरपालिकामा घर भएको बर्तमान खानेपानी मन्त्रि महेन्द्र यादवले आफुलाइ बलियो देखाउने होडमा रहेको नगरप्रमुख बिनोद कुमार साहले बताए  । नगर प्रमुख साहका अनुसार  सघिंय तथा समान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकिय अधिकृतलाई सरुवा गराएर ल्याउछु  र मन्त्रि यादवले १ घण्टा,१ दिन,१ महिनामा मन्त्रालयमा तान्ने काम गरिरहेको ले प्रमुख प्रशासकिय अधिकृतको पद विगत ९ महिना देखि खालिरहेको कारण नगरपालिकाको नगर सभा समेत हुन सकेको छैन ।
केही दिन अघि मात्रै नगरपालिका भित्रका १६ वटा सामुदायिक विद्यालयको शिक्षकहरुले तलब भत्ताको माग राख्दै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रेको थियो । सरस्वती पुजा लगतै पुनः विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने खेहरु चौधराइन अधारभुत विद्यालयको शिक्षक उमेश यादवले जानकारी गराएको छ ।
Comments
Loading...