दुई महिनामैे विद्युत प्राधिकरण सर्लाहीले विद्युत चुहाबट नियन्त्रनबाट ६ लाख भन्दा बढिको राजस्व संकलन

मुकेश झा असोज ८ गते


सर्लाहीमा गत आ.व.को पुष महिना देखि हुकिङ्ग नियन्त्रण अभियान सुरु गरेको थियो । जसमध्ये आर्थिक वर्ष २०७७–७८ को पुष महिना देखि आर्थिक वर्ष २०७८–७९ असोज ८ गते सम्म २ सय ४७ जनालाई नियन्त्रणमा लिई कार्वाही समेत गरेको छ । चालु आ.व.०७८–७९ को सुरु देखि हाल सम्ममा ९५ जना उपर बिधुत चुहावट गरेको भन्दै नियन्त्रणमा लिई कार्वाही गर्दा ६ लाख भन्दा बढि राजस्व संकलन गरेको नेपाल विद्युत प्राधिकरण मलंगवा शाखाका प्रमुख विनोद कुमार यादबले जानकारी दिए ।

कार्वाही गरिएको ९५ जना व्यक्तिहरुमा कौडेना गाउँपालिकाबाट २५ जना , गोडैता नगरपालिकाबाट २८,, रामनगर गाउँपालिकाबाट २ जना , बलरा नगरपालिकाबाट २ जना , धनकौल गाउँपालिकाबाट १ जना , पर्सा गाउँपालिकाबाट १ जना , हरिपूर्वा नगरपालिकाबाट १ जना, कविलासी नगरपालिकाबाट १३ जना, चन्द्रनगर गाउँपालिकाबाट ५ जना, ब्रह्म्पुरी गाउँपालिकाबाट ५जना, चक्रघट्टा गाउँपालिकाबाट ७ जना, र मलंगवा नगरपालिकामा ५ जना रहेको नेपाल विद्युत प्राधिकरण मलंगवा शाखाका प्रमुख यादबले जानकारी दिए ।

यसैगरी पक्राउ परेका ७४ जनाहरु सँग फ्रिज ३ थान, वाटर पम्प स्रोह थान, सोयिङ्ग मेसिन १ थान, वेलडिङ्ग मेसिन ४ थान, हावा ट्याङकी २ थान, सिङ्गगल फेज स्टेपलाईजर ३ थान, ड्रिल मेसिन १३ थान,काठको काममा प्रयोग हुने रण्डा ७ थान, सेलिङ्ग फयान ४ थान, १४ सय मिटर तार लगायतको अन्य सामग्री समेत नियन्त्रणमा लिइ नेपाल विधुत प्राधिकरणको कार्यालयमा राखिएको विद्युत प्राधिकरण मलंगवा शाखाका प्रमुख यादबले जानकारी दिए ।

सर्लाहीमा अहिले पनि हुकिङ्ग बाट प्रत्येक पालिकामा बिधुत चुहाबट भैरहेको छ । बिद्युत चुहावट नियन्त्रणको लागि चालु आ.व.मा विशेष सूचनाको आधारमा विद्युत प्राधिकरण मलंगवा शाखाका प्रत्येक दिन फरक फरक पालिकामा जाने गरेको छ । सोही अनुरुप पक्राउ परेकाहरुलाई विद्युत चुहावट अनुरुप जरिवाना गरिएको विद्युत प्राधिकरण मलंगवा शाखाका प्रमुख यादबले बताए ।
विद्युत चुहावट नियन्त्रणको पहिलो चरणमा मलगंवा शाखा अन्र्तगत रहेको बिभिन्न पालिकाहरुमा ५ सय भन्दा बढि व्यक्तिहरुलाइ समान्य कार्वावाही तथा समझाई बुझाई गरी छाडिएको नेपाल विद्युत प्राधिकरण मलंगवा शाखाका प्रमुख यादबले बताए ।

Comments
Loading...