धनकौल गाउपालिकामा पहिलो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन

राधेश्याम कुशवाहा ।

सर्लाही, धनकौल ।।  सर्लाहीको धनकौल गाउँपालिका स्थित अन्नपूर्ण चिनि उद्योगको मैदानमा पहिलो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।आज एक कार्यक्रमका बिच धनकौल गाउँपालिकाका अध्यक्ष रामअश्रय साह र मधेस प्रदेशका सांसद तथा पूर्व मन्त्री विरेन्द्र प्रसाद सिंहले संयूक्त रुपमा रिवन काटेर उदघाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मन्त्री विरेन्द्र प्रसाद सिंहले खेल हाम्रा भावी सन्ततिहरुमा भएका क्षमता प्रदर्शन गर्ने माध्यम भएका कारणले यसलाई निरन्तर संचालन गराउनुपर्नेमा जोड दिए । खेलको माध्यमबाट हाम्रा गाउँ ठाउँलाई देश तथा विदेशमा चिनाउन सकिन्छ । उहाँले भने ।

स्थानिय स्तरमा भएका प्रतिभावान तथा क्षमतावान खेलाडी भाईबहिनीहरुको मनोबल बढाउन र उनिहरुको उत्साहमा अझ उर्जा थप्नका लागि गाउँपालिका भित्रका विभिन्न विद्यालयहरुबिच आपसी प्रतियोगिता गराउनु जरुरी छ । उहाँले भने ।

खेलले मान्छेको स्वास्थमा फुर्तिला हुन्छ, र जुन देशका नागरिक स्वस्थ र फुर्तिलो हुदैन, त्यहाँ विकास नै सम्भव छैन भने कुरालाई आत्मसात गर्दै खेलकुदमा विशेष ध्यान दिनुपर्दछ । धनकौल गाउँपालिकाले खेलको माध्यमबाट।पनि जिल्लामा चिनाउन र आफनो छु्टै पहिचान बनाउनका लागि स्थानिय स्तरमा भएका उत्कृष्ठ खेलाडी उत्पादन र उनिहरुको मनोबल उच्च पार्न अगाडी बढन उहाँले स्थानिय सरकारलाई सुझाए ।

राष्टपनि रनिंग शिल्ड प्रतियोगितामा भाग लिने खेलाडीहरुले राम्रो प्रदर्शन गरी आफनो प्रतिभा र क्षमता देखाउने छ भने  आशा लिएको छु ।  खेलमा सहभागी भएका सबै खेलाडी तथा टिमहरुलाई राम्रो प्रदर्शन तथा जितको शुभकामना दिदै नजिकमा रहयो भने खेलाडीहरुको उर्जामा थप उर्जा थप्नका लागि प्रतियोगिताको समापनका दिन पनि उपस्थित हुने वाचा समेत उहाँले  गरे ।

खेलको माध्यमबाट स्थानिय स्तरलाई देश तथा विदेशमा समेत पहिचान दिलाउन सकिने भएकाले खेल प्रतियोगिता निरन्तर हुनपर्ने धनकौल गाउँपालिकाका अध्यक्ष रामअश्रय साहले बताए । गतबर्ष समेत गाउँपालिकाकै आर्थिक सहयोगमा खेल प्रतियोगिता आयोजना गरेको बताउदै अगामी आर्थिक बर्षदेखि खेल प्रतियोगिता संचालन का लागि छुटै बजेट विनियोजन गरिने उहाँले प्रतिबद्वतता समेत व्यक्त गरे । उहाँले प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडी, टिमलाई गाउँपालिका अथवा आफनै व्यक्तिगत लागतमा भएपनि उचित पुरुस्कार प्रदान गरिने बताए ।

आज उदघाटन खेलमा २ वटा टिमका बिच क्रिकेट म्याच खेलाइएको शिक्षा तथा खेलकुद शाखा प्रमुख रामइश्वर साहले जानकारी दिए । राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता अन्तर्गत कब्बडी, दौड, रिले दौड, हाइजम्प, लंग जम्प, ट्रिपल जम्प, ज्याभलिंग जम्प, सर्टफुट र क्रिकेट खेलहरु लगायतका खेलहरु खेलाईने छ । उहाँले भने । क्रिकेट बाहेक सबै खेलहरुमा छात्राहरुलाई समेत सहभागिता उहाँले बताए ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामइश्वर साहको अध्यक्षतामा सम्पन्न भएको उदघाटन कार्यक्रमलाई खेल प्रशिक्षक गणेश चौहनले संचालन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद विरेन्द्र प्रसाद सिंह, विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष रामअश्रय साह, उपाअध्यक्ष अकली देवी सहनी, निमित्ति प्रमुख प्रशासकिय अधिकृत कृष्णमोहन साह, वडाअध्यक्षहरु गौरी महतो, रामबहादुर सहनी, अशोक यादव, नरेन्द्र राय यादव, गजेन्द्र महतो, श्यामबाबु साह र रामलखन राय, स्वास्थ शाखा प्रमुख अरुण कुमार महतो, योजना शाखा प्रमुख मुकेश कुमार सिंह, स्वरोजगार शाखा प्रमुख कृष्णनन्दन साह, बुद्वजिवि रामविलास साह विद्यार्थी, अभिभावक लगायत खेलप्रेमीहरुको उल्लेखनिय सहभागिता रहेको आयोजकले जनाएको छ ।

Comments
Loading...