धान रोपाईकै समयमा रसायनिक मल नपाउदा किसान र्माकामा

राैशन झा २०७७ जेठ २७

कोरोनाको माहामारिले विश्व थलिएको छ । सरकारले गत चैत ११ गतेदेखि देश लकडाउन गरेको छ ।
सरकारले कृषकहरुका लागि समयमा कृषि बालीमा लगाउने रासायनिक मल उपलब्ध नगराउँदा कृषकहरु मारमा परेका हुन्। सरकारले कृषि सामग्री संस्थान तथा शाल्ट टेडिगं कर्पोशन मार्फत स्थानीय सहकारीहरुलाई मल उपलब्ध गराउँदै आएको छ । तर सिजनमा मलको अभाव हुदा सर्लाहीको कृषक मर्कामा परेका छन्।

अहिले उखूलाई गोडमेल गरि सिचाई गरेर युरीया मल छडकने बेलामा किसानहरु रासायनिक युरिया मलको लागि जिल्लाभरी भौतारीदै छन् । लकडाउन पूर्व सर्लाहीको किसानहरुले नेपालमा मल नपाएपछि छिमेकी देश भारतबाट पनि चर्कोमुल्य नै तिरेर मल ल्याउने गर्थे तर अहिले सिमा बन्दभएको कारण भारतबाट मल ल्याउन न सक्दा उखु खेती र धान खेती नै बिग्रने चिन्ता किसानलाई रहेको हरिपूर्वा नगरपालिका ८ बस्ने महेश रायले बताए ।
किशानलाई चाहिने बेला चाहिएको मल अभाव गराउने र सरकारले व्यवस्थित संग किसानलाई मल बिउ उपलब्ध गराउन नसक्नु निकै दुखको कुरो भएको बताउदै सरकार प्रति किसानले आक्रोश पोखेका छन्। । संघिय सरकारले चासो नदिदा र सरकारले निजी क्षेत्रलाई नाफा कमाउने गरी नीति ल्याएकाले कृषकले मल सजिलै पाउन गाह्रो भएको जनता समाजबादी पार्टीको जिल्ला उपाध्यक्ष गणेश कुमार यादवले बताए ।
सरकारले कृषि क्रान्तिबाट मात्रै विकास सम्भव छ भनिरहँदा यसरी कृषकहरुले समयमा बीऊविजन , मल नपाउनु दुखद पक्ष हो ।

Comments
Loading...