सर्लाहीको हरिपूर्वा नगरपालिकामा ७ जनामा कोरोना पुष्टि, जम्मा संख्या ८ पुग्यो

मुकेश झा २०७७ जेठ २७

सर्लाहीको दक्षिणि क्षेत्रमा रहेको हरिपूर्वा नगरपालिकामा आज आएको रिर्पोटमा ७ जनामा कारोना पुष्टिभएको स्वास्थ्य संयोजक रामएकवाल रायले वताउनुभएको छ । जेठ २० गते हरिपूर्वा नगरपालिकाको विभिन्न केरेन्टाइनबाट ६० जनाको स्वाव संकलन गरि राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकु पठाइकोमा मगंलबार आएको रिर्पोटमा ७ जना हरिपूर्वामा रहेको भएपनि ६ जनाको नाम मात्र फेला परेको र १ जनाको वडा र नाम स्पष्ट न खुलेको कारण संक्रमितलाई पहिचान गर्न नसकिएको शस्त्र प्रहरि वल सग्रामपूरको इन्चार्ज दातेपुत्थे जनाएको छ ।


संक्रमित फेला परेको हरुमा हरिपूर्वा नगरपालिका वडा नम्बर १ को १८ बर्षिय र १९ बर्षिय पुरुष, वडा नम्बर २ को २७ वर्षिय पूरुष,वडा नम्बर ५ को ३५ बर्षिय र २७ वर्षिय पुरुष वडा नम्बर ६ को १ जना पूरुष संकम्रित रहेको छन र एक जना हरिपूर्वा ३ धनकौलको कोरोना संक्रमितको उपचार भएरहेको छन ।संक्रमितहरुको अवस्था समान्य रहेपनि कोरोना संक्रमित हरुलाई आज रातिको लागी छुटटै कोठामा ब्यवस्थापन गरिएको र भोली आइसोलेनमा पठाइने नगर प्रमुख सियाराम रायले वताउनुभयो ।
जेठ १७ गते १ सय जनाको स्वाव संकलन गरि राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकु पठाइकोमा अहिले सम्म रिर्पोट नआएको कारण केरेन्टाइनमा रहेको १ सय भन्दा बढि नेपाली नागरिकले २५ दिन भन्दा बढि देखि समय विताइरहेको छन ।
कोरोना संक्रमित भएको थाहा पाएपछि कोरेनटाइन वाट भागेको दूइ जना संक्रमितलाइ प्रहरि र स्वास्थ्यकर्मीको टोलिले हर्दि खोला वाट पक्राउ गरेर युवाहरुको निगरानीमा कोरेन्टाइनमा राखेको छन ।

Comments
Loading...