नगर कार्यपालिका सदस्यलाई नगरप्रमुख द्वारा गोपनियताको सपथ गराइयो (फोटो सहित )
रबिन्द्र ठाकुर २०७९ जेठ १८
सर्लाहीको हरिपूर्वा नगरपालिकामा जेठ १७ गते नगर कार्यपालिकाको सदस्यमा निर्वाचित भएको सदस्यहरुलाई एक कार्यक्रमको बिचमा आज पद तथा गोपनियताको सपथ नगर प्रमुख बिनोद कुमार साह तेली द्वारा गराइएको छ ।

निर्वाचित सदस्यहरुमा ३ जना दलित तथा अल्पसंख्यक नगर कार्यपालिका सदस्यमा कांग्रेसबाट शम्भु साह सोनार, जसपाबाट राजिव ठाकुर र राजदेव धोवी रहेको छन त्यस्तै महिलाबाट नगर कार्यपालिका सदस्यमा कांग्रेसकी जैलस देवी चमार, मनतोरिया कुमारी र गीताकुमारी देवी तथा जसपाबाट देवकला माझी मुसहर र उषा कुमारी लाई पद तथा गोपनियताको सपथ गराइएको छ ।
कार्यक्रममा हरिपूर्वा नग रपालिकाको उप प्रमुख सुमिन्त्रा देवी ग्वारीन,प्रमुख प्रशासकिय अधिकुत मित्रलाल ढकाल,प्रशासकिय अधिकृत सकलदेव राय,प्रशासकिय अधिकृत कुमार परियार समाजसेवी मुगल राय,पत्रकार सहितको उपस्थिती रहेको थियो । आ देखी हरिपूर्वा नगरपालिकाको कार्यपालिकाले पुर्णता पाएको र एक हप्ता भित्र कार्यपालिकाको पहिलो बैठक राख्ने नगर प्रमुख बिनोद कुमार साहले बताउनू भयो ।
रपालिकाको उप प्रमुख सुमिन्त्रा देवी ग्वारीन,प्रमुख प्रशासकिय अधिकुत मित्रलाल ढकाल,प्रशासकिय अधिकृत सकलदेव राय,प्रशासकिय अधिकृत कुमार परियार समाजसेवी मुगल राय,पत्रकार सहितको उपस्थिती रहेको थियो । आ देखी हरिपूर्वा नगरपालिकाको कार्यपालिकाले पुर्णता पाएको र एक हप्ता भित्र कार्यपालिकाको पहिलो बैठक राख्ने नगर प्रमुख बिनोद कुमार साहले बताउनू भयो ।
