हरिपूर्वा नपामा नगर कार्यपालिका सदस्य निर्वाचित भए सगैं सथानिय चुनाव औपचारीक रुपमा सम्पन्न

मुकेश झा २०७९– जेठ –१७

स्थानिय तह निर्वाचन २०७९ को लागी सर्लाहीको हरिपूर्वा नगरपालिकामा बैशाख ११ गते हरिपूूर्वा निर्वाचन कार्यालयको उद्वाटन निर्वाचन अधिकृत शंकर राजको नेतृत्वमा स्थानिय निर्वाचन शुरुवात भए संगै आज जेठ १७ गते नगर कार्यपालिकाको चुनाव तथा मतगणना सकिए लगतै स्थानिय तह निर्वाचन २०७९ हरिपूर्वा नगरपालिकामा शान्तिपूर्ण तथा सभ्यताको साथमा सम्पन्न भएको हरिपूर्वा नगरपालिकाको निर्वाचन अधिकृत शंकरराज लुइटेल ले बताएको छन ।
यसै अन्र्तगत सर्लाहीको हरिपूर्वा नगरपालिकामा मंगलबार कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ ।

मतदानमार्फत ८ जना कार्यपालिका सदस्य चयन गरिएको हो । कार्यपालिका निर्वाचनमा त्यहाँ नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालले तालमेल गरेका छन् । तालमेल गरी कांग्रेसले ४ र जसपाले ४ जना सदस्य लिएका छन् ।

३ जना दलित तथा अल्पसंख्यक नगर कार्यपालिका सदस्यमा कांग्रेसबाट शम्भु साह सोनार, जसपाबाट राजिव ठाकुर र राजदेव धोवी चयन भएका छन् । महिलाबाट नगर कार्यपालिका सदस्यमा कांग्रेसकी जैलस देवी चमार, मनतोरिया कुमारी र गीताकुमारी देवी तथा जसपाबाट देवकला माझी मुसहर र उषा कुमारी चयन भएका हरिपूर्वा स्थित निर्वाचन अधिकृत को कार्यालयले जनाएको छ ।

सर्लाहीका पालिकाहरुमा अहिले गाउँ तथा नगर कार्यपालिका सदस्यहरुको निर्वाचन धमाधम भइरहेको छ । बहुमत नरहेको ठाउँमा दुई वा दुईभन्दा बढी दलले तालमेल गरेर कार्यपालिका सदस्य चयन गरिरहेका छन् ।

Comments
Loading...