नगर स्तरीय क्रिकेट कप प्रतियोगिताको उपाधि गोडैतालाई, हरिपुर्वा उप–बिजेतामै सिमित

मुकेश झा हरिपूर्वा ,२७ कार्तिक शनिवार

सर्लाहीको हरिपूर्वा नगरपालिकामा नगर स्तरीय मेयर क्रिकेट कप प्रतियोगिताको फाईनल खेलको उपाधी गोडैता नगरपालिकाले हात पारेको छ ।

हरिपूर्वा नगरपालिकाको आयोजनामा र हरिपूर्वा युवा सामुदायिक क्लवको सहयोगमा कार्तिक ४ गते देखि सुरु भएको नगर स्तरीय मेयर क्रिकेट कप प्रतियोगितामा ३४ वटा टिम प्रदेश २ र भारतको बिहारबाट सहभागी भई भएकाे प्रतिस्पर्धामा सबै टिमलाइ पछाडि पार्दै  हरिपूर्वा नगरपालिका र गोडैता नगरपालिका फाईनल खेलमा पुग्न सफल भएको थियो । शनिबार हरिपुर्वा र गोडैता नगरपालिका बिच भएको प्रतिषर्धामा हरिपुर्वा नगरपालिका ले २० ओभर सम्म खेल खेल्दै अलआउट भएर १५४ रनको लक्ष्य गोडैता नगरपालिकालाई दिएको थियो। निर्धारित समयभित्र १५ ओभरमै ५ बिकेट गुमाउदै हरिपुर्वालाई पराजित गर्दै गोडैताले सहज जित निकालेको थियो ।

हरिपुर्वाले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १५४ रन बनाएको थियो । जबाफी ब्याटिङम गर्न उत्रिएका गोडैता नपा ले ५ विकेट गुमाउँदै १५ ओभरमा १५५ रन बनाएर उपाधि जितन सफल भएको हरिपूर्वा युवा सामुदायिक क्लवको अध्यक्ष खगेन्द्र यादवले बताए । हरिपूर्वाको लागी सर्वाधिक रन ज्ञानेन्द्र रामले जोडेको थियो । रामले २१ वलमा ५२ रन बनाएको छ । त्यस्तै रुपेश यादबले ३३ बलमा ३२ रन र सरोज चौधरीले १३ बलमा १६ रन जोडेको थियो । हरिपूर्वा बिरुद्ध गोडैता टिमको गोविन्द ले ४ बिकेट,मिथिलिेश र प्रेमशंकर ले २–२ बिकेट तथा माइकल र धिरुले १–१ बिकेट लिएको छ । त्यस्तै गोडैता टिमको तर्फबाट सुभाष पडिंतले २७ रनमा ६६ रन जोडेर टिमलाई जित्नमा सफल बनाएको थियो । गोडैता बिरुद्ध हरिपूर्वा टिमको प्रमोद यादबले २ बिकेट प्रबिण यादब,असिफ शेख तथा अरुण साहले १–१ बिकेट लिएको छ ।


प्रथम हुने गोडैता का टिमलाई १ लाख १ रुपैया, शिल्ड, मेडल, प्रमाण पत्र र दोस्रो हुने हरिपुर्वालाई ४० हजार १ रुपैया सहित शिल्ड,मेडल तथा प्रमाणपत्र पत्र हरिपूर्वा नगरपालिकाको मेयर सियारामको अध्यक्षतामा कार्यक्रममाका प्रमुख अतिथि नेपाली कांग्रेशको जिल्ला नेता जंगीलाल राय ले वितरण गरेका थिए।

त्यस्तै खेलको म्यान अफ दि सिरीज तथा म्यान अफ दि म्याच को रुपमा गोडैता टिमका खेलाडी सुभाष पडिंत, ले पाएको छन । बेस्ट बैटस्मैनको उपाधी हरिपूर्वा टिमको ज्ञानेन्द्र राम,वेस्ट बलरको लागी हरिपूर्वा टिमकै प्रबिण यादव,बेस्ट फिल्डरको लागी अरुण साह,तथा बेस्ट किपर को उपाधी सरोज चौधरी लाई दिइएको अध्यक्ष यादवले बताए ।

प्रमाणपत्र वितरण कार्यक्रममा हरिपूर्वा नगरपालिकका को विभिन्न वडा को वडाध्यक्ष, समाजसेवी राजनारायण राय,योग्यनारायण राय,मेयर प्रत्यासी जयप्रकाश यादव,बिभ्न्नि पार्टीको प्रतिनिधीहरु लगायत स्थानिय, पत्रकार तथा खेलाडीहरुको उपस्थिति रहेको आयोजक टिमका बिनय साहले  जनाएको छ ।

Comments
Loading...