हरिपूर्वा नगरपालिका वडा नम्बर ३ धनकौलमा छठ पर्वको अवसरमा ५ सय साडी बितरण

मुकेश झा

सर्लाहीको हरिपूर्वा नगरपालिकाको वडा नम्बर ३ धनकौलमा वडाध्यक्ष धर्मराज सिहंको नेतृत्वमा सयौं ब्रतालु महिलालाई साडी सेट वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ३ धनकौल को विभिन्न टोलमा छठ पर्व गर्ने सयौं ब्रतालु महिलाहरुलाई सोमबार र मंगलवार एक एक थान साडी सेट वितरण गरेका छन ।

वडाध्यक्ष धर्मराज सिहंले हरिपूर्वा नगरपालिकाको लक्षित वर्गको कार्यक्रमबाट वडा नम्बर ३ धनकौलको वडा सचिव रमेश सिगंदलले वडा कमिटी सदस्यहरुको संयुक्त अगुवाइमा खासगरी दलित, अति विपन्न एवं गरिव समुदायका छठ पर्व गर्ने ब्रतालु महिलाहरुलाई खोजी खोजी ५ सय थान साडीसेट वितरण गरिएको छन ।

छठ पर्व धेरै खर्चिलो हुने गरेकोले पैसाको अभावमा खास गरी दलित, गरिव एवं विपन्न परिवारलाई छठ पर्व मनाउन धेरै मुस्किल हुने गरेको अवस्थालाई मध्य नजर गर्दै पैसाको अभावमा कसैलाई पनि छठ पुजा गर्न समस्या नहोस भन्ने उद्देश्यले सोमवारदेखी छठ गर्ने अति गरिव समुदायका ब्रतालु महिलाहरुलाई सहयोग गरेको वडाध्यक्ष धर्मराज सिहंले बताए । अति गरिव मानिएका दलित समुदायलाई पहिलो प्राथमिकतामा राखेर लक्षितवर्गको कार्यक्रवाट उक्त सामग्रि सहयोग गर्न थालेको उनले बताए । समाजसेवा सबभन्दा ठुलो धर्म भएकोले आफुले समाजसेवामा नै आफना जिवन विताउने सोच बनाएको युवा वडाध्यक्ष धर्मराज सिहं बताउँछन् ।
सो अवसरमा स्थानिय भद्रभलादमी बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो

Comments
Loading...