नर्सरी ब्यवस्थापन सम्बन्धी तालिम प्रदान

चन्दन कुमार मिश्रा

चैत ६ लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका स्थित रहेको जियाजोर गाउँमा नर्सरी ब्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ । आज ग्रामीण नारी उत्थान संघ हरिपुरले गराउण्ड स्वेल इन्टरनेशनलको साझेदारी कार्यक्रम दिगो कृषि तथा सामाजिक परिचालन कार्यक्रममा संलग्न प्रगतिशील महिला समुह र नयाँ टोल सृजनशिल महिला समुहका सदस्यहरु लाई उक्त तालिम प्रदान गरिएको छ । तालिममा , साझेदार संस्था प्रतिनिधि नवराज उपाध्याय र ग्रामीण नारी उत्थान संघका कार्यकारी निर्देशक डा. कमल बहादुर थिङ्ग ज्ले प्रशिक्षण गर्नुभएको थियो। तालिममा नर्सरी कसरी तयारी गर्ने,मोसमि तरकारीको बारेमा जानकारीका साथ तरकारी नर्सरी तथा बोटबिरुवामा आउने समस्याहरु बारे पनि जानकारी गराउनु भएको थियो। नर्सरी निर्माण बारे प्रत्यक्ष अभ्यास गरि सिकाइएको थियो। तालिम सहभागी ३८ जना सहभागिहरुले अर्गानिक पद्दतिबाट नर्सरी तथा तरकारी खेती गर्ने प्रतिबद्धता समेत जनाएका थिए । तालिममा सस्थाका उपाध्यक्ष बिष्णु चालिसेले, सहभागी सदस्यहरुलाई तालिममा सिकेका कुराहरु ब्यबहारमा लागु गर्न आग्रह गर्नुभयो।

Comments
Loading...