Warning: session_start(): open(/tmp/sess_hgcje880lpubmvc09p4nafl7k1, O_RDWR) failed: No such file or directory (2) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
पर्सामा बालविवाह र बालश्रम न्यूनिकरण सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न । – lokpriyaawaj

पर्सामा बालविवाह र बालश्रम न्यूनिकरण सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न ।

लोकप्रिय अवाज समाचारदाता

फागुन ७ गते ।। सर्लाहीको पर्सा गाउँपालिकामा बाल विवाह तथा बाल श्रम न्यूनिकरण सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।


अस्ट्रेलियन एडको आर्थिक सहयोगमा वल्र्ड भिजन इन्टरनेटशन नेपाल, ह्याण्डीक्राफ्ट ईन्टरनेशनल, आरआरपिके, वल्र्ड एजुकेशन र पर्सा गाउँपालिकाको साझेदारीमा त्यहाँ सञ्चालित समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजना अन्तर्गत समुदाय परिवर्तन समूहका सदस्य, धार्मिक गुरु तथा सरोकारवालाबीच सम्वाद कार्यक्रम आईतबार सम्पन्न भएको हो ।


सो गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष राकेश रामको अध्यक्षतामा भएको सम्वाद कार्यक्रममा त्यहाँका धार्मिक गुरु, समुदाय परिवर्तनका सदस्यहरु र अन्य सरोकारवालाहरुले गाउँपालिकामा बालविवाह तथा बालश्रम अन्त्यका लागि आफूहरुले थालनी गर्ने बताएका छन् । पत्रकार सोम दियालीले सञ्चालन गरेको सम्वाद कार्यक्रममा धार्मिक गुरुहरु श्यामसुन्दर महतो, रामकिशोर शरण, कपिलदेव मुनि, भिखारी दास, रासविहारी शरण, विक्रम प्रतिहस्त, मुस्लिम धर्मगुरु अलिअसगर खाँ, समुदाय परिवर्तन समुहका संयोजक बालेश्वर यादव लगायतले समुदायमा व्याप्त बालविवाह, दाइजो प्रथा तथा बालश्रमका विरुद्धमा आफूले आवाज बुलन्द गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उनीहरुले गाउँपालिकाले पनि यस्ता सामाजिक भाइरसका विरुद्ध नीति नै बनाएर अघि बढ्नुपर्ने सुझाव दिए । कानूनको पालनामा सबै सचेत हुनुपर्ने भन्दै उनीहरुले बालविवाह, बाश्रम र दाइजो प्रथाकै कारण समाज विकासको गतिमा अघि बढ्न नसकेको बताए । सिकाई परियोजनाकै कारण समुदायमा बालविवाह, बालश्रम तथा दाइजो प्रथाका विषयमा समुदायका मानिसहरुले धेरै कुराहरु बुझ्न पाएको भन्दै उनीहरुले यस्ता कुरीतिविरुद्ध अझै प्रभावकारी कार्यक्रमहरु गरेर चेतना फैलाउन सक्नुपर्ने बताए ।
‘बालविवाह कानून विपरीत कार्य हो । कानूनले वर्जित गरेको कार्य हाम्रो समाजले स्वीकार गरिरहेको छ । यो समाजको बाध्यता हो ।’, एक धर्मगुरुले भने,‘तराईमा ठुलो भएपछि छोरीको विहे गर्दा धेरै खर्च लाग्ने भएकोले थोरै खर्चमा छोरीको विहे सानैमा गर्ने चलन रहेको छ ।’ उनले बाल विवाह तथा दाइजो प्रथा अन्त्यका लागि स्थानीय सरकारले पनि प्रोत्साहनका कार्यक्रमहरु ल्याउनुपर्ने बताए ।
सम्वाद कार्यक्रममा उपस्थित बालबालिकाहरुले गाउँ समाजमा हुने बालविवाह तथा दाइजोसहितको विवाह बहिस्कार गरेर यसको न्यूनिकरणको लागि जिम्मेवार व्यक्तिहरुबाटै थालनी गर्नुपर्ने बताए । उनीहरुले सरोकारवालालाई भने, ‘तपाईहरुले गाउँठाउँमा हुने बालविवाहलाई बहिस्कार गर्नुस्, त्यस्तो विवाहका लागि आउने निमन्त्रणा स्वीकार नगर्नुस् विवाहमै नजानुस् ।’ उनीहरुले धर्मगुरुहरुलाई पनि भने, ‘तपाईहरुले पनि उमेर नपुगी भएको विवाह र दाइजोसहितको विवाहमा गएर मन्त्र पढ्ने र विवाह सम्पन्न गराई दिने नगर्नुस् । अभिभावकलाई सम्झाउने गर्नुस् त्यसपछि मात्रै यस्ता विवाहले प्रोत्साहन पाउने छैनन् ।’
पर्सा २ स्थित सति विहुला मन्दिर परिसरमा भएको सम्वाद कार्यक्रमको उद्घाटन सत्रलाई सिकाई परियोजनाकी सिकाई सहजकर्ता अनु कुमारी चौधरीले सञ्चालन गरेकी थिईन् भने स्वागत मन्तव्य परियोजनाका संरक्षण फिल्ड अफिसर राजनारायण साहले राखेका थिए । त्यस्तै कार्यक्रममा परियोजनाकै सिकाई परिचालक मेथुल साह र पिंकी रायले पनि सिकाई परियोजना अन्तर्गत पर्सा गाउँपालिकामा भईरहेको कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_hgcje880lpubmvc09p4nafl7k1, O_RDWR) failed: No such file or directory (2) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0