पर्सा गाउपालिकाको विभिन्न क्वाइन्टाइनमा रहेको ४ सय ५३ जनाको स्वाव आइतबार सम्ममा संकलन,१ सय ९९ जनाको रिर्पोटमा १४ जना संक्रमित

मुकेश झा जेष्ठ -२६-२०७७ साेमबार ०८:५८

सर्लाहीको पर्सा गाउपालिकाको विभिन्न क्वाइन्टाइनमा रहेको भारतवाट आएको नेपाली नागरिकहरु मध्ये आइतवार सम्म ४ सय ५३ जनाको स्वाव संकलन भइसकेको गाउपालिका प्रमुख किसुनदेब रायले बताउनुभयो ।
जेठ १४ गते ६० जनाको स्वाव संकलन गरि पिसिआर टेस्टको लागि राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकु पठाइकोमा १२ जनाको पोजेटिभ र ४८ जनाको निगेटिभ आएको थियो । त्यस्तै जेठ १७ गतेमा १ सय ३९ जनाको स्वाव संकलन गरि पठाइको रिर्पोट मा १ सय ३७ जनाको रिर्पोट निगेटीभ तथा २ जना संक्रमित भएको छ । यसको साथै र्पसा गाउपालिकामा संक्रमितको संख्या १४ पुगेको छन ।


कोरोना भाईरसको जोखिमलाई ध्यानमा राख्दै गाउपालिकाले आफनै लागतमा भिटिएम किट खरिद गरेर जाचं प्रकुया अगाडी बढाएको हो । जेठ २५ गते आइतवार मात्रै गाउपालिकाले बिभिन्न क्वाइन्टाइनमा रहेको २ सय ५३ जना र १ जना स.प.ब. असई सहित २ सय ५४ जनाको स्वाव संकलन गरि पिसिआर टेस्टको लागि राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुमा पठाइएको प्रशासकिय प्रमुख मदन बहादुर थिगंले जानकारी गराउनुभयो ।

80%
Awesome
  • Design
Comments
Loading...