मलंगवा नगरपालिका को सहयोगमा सर्लाहीका ६० जना पत्रकारलाई एक लाखसम्मको कोरोना बीमा

मुकेश झा सर्लाही

सर्लाही,२६ जेठ । कोरोना भाईरस कोभिड-१९ बाट नेपालमा पनि सञ्चारकर्मीहरु संक्रमित हुन थालेपछि नेपाल पत्रकार महासंघ सर्लाही शाखाको समन्वयमा सर्लाहीको मलङ्ग्वा नगरपालिकाले जिल्लाका ६० जना सञ्चारकर्मीहरुको कोरोना विमा गरिदिएको छ ।

नगरपालिकाले नेपाल पत्रकार महासंघ सर्लाही शाखामा आवद्ध रहेका ४१ जना सञ्चारकर्मी र सर्लाहीस्थित विभिन्न सञ्चार गृहमा कार्यरत रहेका १९ जना सञ्चारकर्मी गरि जम्मा ६० जना सञ्चारकर्मीहरुकोे विमा गरेको हो ।

१ लाख बराबरको रकम जिल्लाका ६० जना सञ्चारकर्मीहरुको विमा गरिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरले जानकारी दिए । विमाका लागि आवश्यक सम्पुर्ण रकम मलङ्ग्वा नगरपालिकाले सहयोग गरेको हो ।

विमा गरेका सञ्चारकर्मीहरुलाई कोरोना संक्रमण देखिएमा विमा बापतको विमांक रकम प्राप्त हुने बताइएको छ । विमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा गरिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सह– सचीव सत्य प्रकाश यादव एसपी यादव ले बताएका छन् ।

80%
Awesome
  • Design
Comments
Loading...