पर्सा गाउपालिकाले ९औ अन्तरास्ट्रिय योग दिवस मनाए

राजेन्द्र यादव

जिंगडवा,सर्लाही ६ अषाढ २०८० । विभिन्न कार्यक्रम गरि ९ औ  अन्तरास्ट्रिय याेग दिवस पर्सा गापाले मनाएको छ  ।

गापा अध्यक्ष धिरेन्द्र यादव ( बिस्पत ) काे प्रमुख आतिथ्यमा वडा नं.-४ जिंगडवाकाे अधारभूत विधालयकाे प्राङ्गणमा साे दिवस मनाएकाे खवर आयुर्वेद शाखा प्रमुख डाक्टर नवीन यादवले जानकारी दिनुभएको छ  ।


स्वस्फूर्त जीवन वाँच्न स्वच्छ वातावरणकाे आवश्यकता रहेकाे र यसका लागि नियमित याेग अभ्यास,आफनाे वरिपरिका वातावरण सरसफाइ लगायत खानपिनमा विशेष ध्यान दिनुपर्ने कुरामा जाेड दिदै जनताकाे साथ दिगो विकास भनी अभियानलाई मुर्तरुप दिन गापा अध्यक्ष यादवले सवैमा अनुरोध गर्नुभएकाे थियोे ।

वडाकाे वडाअध्यक्ष सुवाेध राय यादव,समाजकाे लव्ध प्रतिष्ठित व्यक्तितत्व देखि सर्वसाधारण गरि शिविरमा करिव दुइ सय जनाकाे सहभागिता रहेकाे थियोे ।

योग शिविरको प्रशिक्षक सहित सहभागी लाई गाउपालिका अध्यक्ष धिरेन्द्र यादव बिस्पत ले सम्मान समेत गर्नु भएको आयुर्वेद शाखा प्रमुख नवीन यादवले बताए ।

Comments
Loading...