पर्सा गाउपालिका आयुर्वेद शाखाको बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सप्पन्न

मुकेश झा

सर्लाहीको पुर्वी एवं दक्षिणी क्षेत्रमा रहेको पर्सा गाउपालिका अन्तरगत आयुर्वेद शाखाको बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्य गोष्ठी मंगलबार सप्पन्न भएको छ ।


पर्सा गाउपालिका को अध्यक्ष धिरेन्द्र कुमार यादब को अध्य्क्षता मा सप्पन्न कार्यक्रममा पर्सा गाउपालिका अन्तरगत रहेको आयुर्वेद शाखाले गत आर्थिक बर्षमा सप्पन्न गरेको योजना तथा कार्यक्रमहरुको समीक्षा गरिएको आयुर्वेद शाखाका कबिराज निरिक्षक नवीन यादबले जानकारी गराए ।
कार्यक्रममा आ.ब.२०७९/०८० मा आयुर्वेद शाखा द्वारा गरिने कार्यक्रमहरु बारे समेत छलफल गरिएको छ ।
बार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रममा पर्सा गाउपालिका को सबै वडाको वडाध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार सहितको उपस्थिति रहेको थियो ।

Comments
Loading...