सर्लाहीको पर्सा गाउपालिकामा आयुर्वेद तथा योग सम्बन्धि अभिमुखिकरण तालिम सप्पन्न

वर्षा झा २०७९ चैत्र ३ गते


चैत्र ३ पर्सा । सर्लाहीको दक्षिणी एवं पुर्वी क्षेत्रमा रहेको पर्सा गाउपालिकामा आयुर्वेद तथा योग शिक्षा द्वारा स्वास्थ्य सेवा प्रभावकारी बनाउन आयुर्वेद शाखाले विभिन्न कार्यक्रमहरु सप्पन्न गरेको  छ ।
दिनानुदिन विभिन्न प्रकारको नया रोगहरु समाजमा बिस्तारित रुपमा फैलिदै गइरहेको बेला आयुर्वेद तथा योगभ्यासले पुर्ण रुपमा रोग निको हुने गरेको ले आजको मुख्य आवश्यकता आयुर्वेद एवं योग नै रहेको पर्सा गाउपालिका प्रमुख धिरेन्द्र यादवले बताएको छन ।

पर्सा गाउपालिका को सहयोग एवं पर्सा आयुर्वेद शाखाको आयोजनामा आज महिला स्वंमसेविका तथा स्वास्थ्यकर्मीहरुलाई आयुर्वेद तथा योग सम्बन्धि एकदिने अभिमुखिकरण तालिम सप्पन्न भएको छ ।
अभिमुखिकरण कार्यक्रममा सहभागी हरुलाइ योगाभ्यासको प्रशिक्षण योग गुरु सुजित कुमार साहले प्रदान गर्नु भएको छ । स्वस्थ्य रहन ५ योग ५ जडिबुटी प्रयोगमा ल्याउनु अति नै आवश्यक रहेको पर्सा गाउपालिका आयुर्वेद शाखाको कविराज निरिक्षक नवीन यादवले लोकप्रिय अवाजलाई   वताए ।

अभिमुखिकरण तालिमको अध्यक्षता व. नं. ३ का वडाध्यक्ष रघुनाथ साहले गर्नुभएको थियो । पर्सा गाउपालिका – ३ नारायणपुर स्वास्थ्य चौकिको सभाहलमा सप्पन्न तालिममा महिला स्वंयमसेबिका, कर्मचारी , प्रशिक्षक, स्वास्थ्यकर्मी लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Comments
Loading...