Warning: session_start(): open(/tmp/sess_mdtqlg7u3cidgj4iqibdr3c6t5, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
प्रथम लालबन्दी महोत्सव आज देखि शुरु – lokpriyaawaj

प्रथम लालबन्दी महोत्सव आज देखि शुरु

बिबेक कुमार यादब

फागुन १० लालबन्दी  । उद्योग वाणिज्य संघ लालबन्दीले आयोजना गरेको प्रथम लालबन्दी महोत्सव अहिले दिउँसोबाट सूरु भएको छ ।

“कृषि, पर्यटन र व्यापार स् स्वरोजगार र आत्मनिर्भरताको आधार” भन्ने मूल नारासहित लालबन्दी नगरपालिका(६ स्थित राधाकृष्ण फुटबल मैदानमा आयोजित महोत्सवको मधेश प्रदेश सरकारकी उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले पानसमा दिप प्रज्वलन गर्दै उद्घाटन गरेकी छिन् । उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलम्पाकीको अध्यक्षता रहेको उद्घाटन समारोहमा प्रदेश सभा सदस्य बेची लुंगेली, लालबन्दी नगर प्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पना पाख्रिन, वडाध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, नेपाली सेना भैरवी दल गण पाँचकुमारीका गणपति सुर्य बहादुर कार्की, नेपाल प्रहरीका एसपी दयानिधी ज्ञवाली, सशस्त्र प्रहरी उपरीक्षक विनोद राज खनाल, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक देवराज लिम्बु, विभिन्न राजनैतिक दलका नेताहरु लगायतको आतिथ्यता रहेको छ ।

उद्योग वाणिज्य संघ लालबन्दीका निवर्तमान अध्यक्ष कल्याण जोशीले स्वागत गरेको उद्घाटन समारोहमा स्वागत नृत्य, कौडा नृत्य, लाखे, थारु नृत्य, तामाङ सेलो, मगर नृत्य, नेवारी लगायत विभिन्न भाषाभाषीका नृत्य सहित कला संस्कृतिहरु प्रस्तुत भईरहेको छ । त्यस्तै डोरीतान प्रतियागिता, क्युकोशिन कराँते, आईटीएफ कराँते लगायत विभिन्न खेलका कलाकौशल प्रदर्शनी समेत भईरहेको कार्यक्रम संचालक मनोज बख्रेलले जानकारी दिए ।

उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष बलम्पाकीले अस्ताइरहेको र कठीन अवस्थाबाट गुज्रिरहेको बजारलाई चलायमान बनाउने मुख्य उद्देश्य राखी महोत्सव आयोजना गरिएको बताए । फागुन १९ गतेसम्म आयोजना हुने महोत्सवमा ५० हजार दर्शक आउने अपेक्षा गरिएको छ ।

महोत्सव आयोजना गर्न लालबन्दी नगरपालिकाले विनियोजन गरेको पाँच लाख रुपियाँसहित टिकट बिक्रीबाट २० लाख रुपियाँ, स्टल भाडाबाट नौ लाख रुपियाँलगायत अन्य विभिन्न क्षेत्रबाट आम्दानी तथा सहयोग प्राप्त हुने आश गरिएको उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवमा शुक्रबारदेखि राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति प्रमुख आकर्षण रहेको छ । आयोजकले महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई ५० रुपियाँ र अन्य सर्वसाधारणलाई ७० रुपियाँ टिकट शुल्क निर्धारण गरेको छ ।

अशक्त र ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ ।

सम्भार- उज्यालो अभियन

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_mdtqlg7u3cidgj4iqibdr3c6t5, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0