प्रधानमन्त्रीद्वारा शैक्षिक तथा साँस्कृतिक महोत्सवको उद्घाटन

लोकप्रिय समाचारदाता

सर्लाही फागुन १२ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सबै जातजाति र भाषाभाषीलाई सम्मान गरे मात्र राष्ट्रिय एकता कामयम गर्न सकिने बताउनुभयो ।सर्लाहीको बागमतीमा शनिबार आयोजित बृहत शैक्षिक तथा साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सबै जातजाति ,भाषाभाषी,सबै बर्ग समुदाय धर्म र संस्कृतिलाई स्थापित गरे मात्र राष्ट्रिय एकता सुदृढ हुने बताउनुभयो।माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश भएको बताउदै विविधतामा एकता नेपालीको विशेषता भएको तर्फबाट गर्नुभयो ।
बागमती नगरपालिकाद्वारा आयाेजित शिक्षा, स्वास्थ, राेजगार बृहत् शैक्षिक तथा संस्कृतिक महोत्सवमा सातवटै प्रदेशको सांस्कृतिक एवं भौगोलिक विविधता र पहिचान झल्किने गीत, नृत्य र संगीतको प्रस्तुति गरिएको थियो ।
महोत्सवमा सहभागी अभिभावकहरुले ‘हामी सुधार्छौँ हाम्रो विद्यालय,‘‘सामुदायिक विद्यालय सुधार्ने हाम्रो जिम्मेवारी भन्ने नारासहितको ब्यानर र प्लेकार्ड बोकेका थिए।
नेपाली सेनाको हेलिकप्टरबाट सर्लाही आइपुग्नु भएका प्रधानमन्त्री दाहाल छोटो समयको सम्बोधन पछि राजधानी फर्किनु भएको छ।

Comments
Loading...