प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषि यन्त्र पाएपछी चन्द्रनगरका स्थानिय हर्षित

रबिन्द्र ठाकूर

सर्लाही,११ भदौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा किसानहरुलाई कृषि यन्त्र वितरण गरिएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको धानवालीको साना व्यवसायिक कृषि उत्पादन केन्द्र ९पकेट० विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले बिहिवार कृषि यन्त्र किसानहरुलाई वितरण गरेपछी किसानहरु हर्षित भएका छन ।


गाउँपालिकाले वडा नं। ४, ५, ६ र ७ का कृषकहरुलाई कार्यक्रममा सहभागी हुन केहि दिन अघि सूचना जारी गरेको थियो । म्याद भित्र निवेदन दिएका चन्द्रनगर गाउँपालिका वडा नं। ४ को हरियाली कृषक समूह, वडा नं। ५ को शुभलाभ बहुउद्देश्यीय कृषक समूह, वडा नं। ६ को सूर्य उदय कृषक समूह र वडा नं। ७ को आर्दश बहुमुखी सहकारी संस्था लिमिटेडलाई कार्यक्रममा छनौट गरी किसानहरुलाई पम्पसेट,विद्युत मोटर, पावल ट्रेलर र ब्रस कटर लगायतको कृषि यन्त्र वितरण गरिएको चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक शाहले जानकारी दिए ।

गाउँपालिकाले पकेट विकास कार्यक्रमको कार्यविधि अनुसार सिंचाइ पूर्वाधारका सामानहरु खरिद गर्दा लागेको वील अनुसार खर्चको ८५५ रकम र कृषि औजार तथा उपकरण खरिदमा लागेको वील अनुसार खर्चको ५०५ को अनुदान कृषि समुहरुलाई दिएको प्रशासकीय अधिकृत साहले बताए । वाँकी रकम समूह तथा सहकारीले स्वयं व्यहोर्नुपर्ने अधिकृत शाहले बताए ।
कार्यक्रम अन्तर्गत छनौट भएका कृषक समूह तथा कृषि सहकारीले जम्मा ५२ वटा पम्पसेट, ४६ वटा विद्युत मोटर, १२ सेट पावल ट्रेलर र २ थान ब्रस कटर खरिद गरी अनुदानको लागि गाउँपालिकामा विल भर्पाई सहित अनुदानको लागि निवेदन पेश गरेका थिए ।

कार्यक्रम अन्तर्गत पेश भएको विल भर्पाईको आधारमा गाउँपालिकाबाट जम्मा रु। ३८ लाख १९ हजार २ सय ४९ रुपैया अनुदान प्रदान गरिएको थियो । चन्द्रनगर गाउँपालिकाको वडा नं। १, २, ३ मा यसै परियोजना अन्तर्गत तरकारीबालीको व्यबसायिक कृषि उत्पादन केन्द्र ९ब्लक० विकास कार्यक्रम संचालन भएकोले ती वडा वाहेकका वडाहरु ४, ५, ६ र ७ लाई साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रममा छनौट गरिएको थियो ।कृषि यन्त्रहरु गाउँपालिका अध्यक्ष महेन्द्र महतोले सम्बन्धित कृषि समुहका किसानहरुलाई हस्तान्तरण गरेका थिए ।

Comments
Loading...