हरिवन नगरपालिका वडा नम्बर ९ द्वारा जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्त भएकालाई सम्मान

लोकप्रिय अवाज समाचारदाता २०७८– भदाै –१२

हरिवन नगरपालिका ९ को वडा कार्यालयले वडा भित्र बसोबास गरिका जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्त भएकालाई सम्मान गरेको छ। वडा अध्यक्ष सिताराम पोखरेलको सभापतित्वमा भएको सम्मान कार्यक्रम हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईंले शताब्दी पुरुष बबरसिंह थापा र जिवनाथ दाहाललाई दोसल्ला, ढाकाटोपी र फुलमालाले अभिनन्दन गर्नुभएको हो । थापाले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको र दाहालले धार्मिकमा क्षेत्र योगदान पुर्‍याएकाले उहाँहरु दुवैलाई कदरपत्र सहित सम्मान गरिएको छ।

वडा कार्यालयले वडा भित्रका अन्य २२५ जना जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई पनि सम्मान गरिएको छ। त्यसैगरी सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीलाई पनि भब्य सम्मान गरिएको छ । क्षेत्रीले मोफसलमा बसेर करिव दुई दशक देखि निरन्तर पत्रकारिता गरि समाजलाई मार्गनिर्देशन गरेको र आगामी दिनमा पनि सशक्त पत्रकारिताको अपेक्षा रहित सम्मान गरिएको बताएको छ ।

सम्मान कार्यक्रममा हरिवन अस्पतालका डाक्टर ईन्द्रजित महतोलाई पनि सम्मान गरिएको छ। कार्यक्रम हरिवन नगरपालिका उप प्रमुख रेणु पौडेल ,एमाले नेता कल्पना कटुवा समाजसेवी वडाध्यक्ष राजनीति दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

Comments
Loading...