Warning: session_start(): open(/tmp/sess_ctutch4s7jppchgs1mkhqmb1l0, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
फागुन २५ गते देखि चिताइन मेला शुरु – lokpriyaawaj

फागुन २५ गते देखि चिताइन मेला शुरु

मुकेश झा

 

सर्लाही हरिपुर नगरपालिका -७ चिताइनमा लाग्ने ऐतिहासिक धार्मिक तथा पर्यटकीचिइन मेलाको सम्पूर्ण तयारी पुरा भएको छ। फाल्गुन २५ गते महाशिवरात्री ३० गते फाल्गुनसम्म लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको लक्ष्मीनाथ महादेव विकास समितिका अध्यक्ष राजेन्द्र धामीले मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिनुभयो । धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको चिताइलाई देशविदेशमा चिनाउन र त्यसको महत्त्वको बारेमा प्रचारप्रसार गर्ने उदेश्यले मेलाको आयोजना गरिएको उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो । जिल्लामै धार्मिक ऐतिहासिक र पर्यटकीय महत्त्वले भरिपूर्ण रहेको चिताइनको महत्त्व बारे जनमानसमा जानकारी गराउन नसक्दा ऐतिहासिक भुमि चितनइन ओझेलमा परेकाले आवश्यक प्रचारप्रसारको आवश्यकता रहेको हरिपुर नगरपालिकाका नगर प्रमुख मेयर गोपाल पंजियारले बताउनुभयो । पर्यटकीय स्थल चिताइनको संरक्षण तथा सम्बर्द्धनका लागि नगरपालिका लागि परेको मेयर पंजियारले बताउनुभयो । यस वर्ष पनि मेलामा विगतका वर्षझै भलिबल प्रतियोगिता लगायत खेलकुदका कार्यक्रम राखिएको स्थानीय बुद्धिजीवी चेतनारायण धामीले जानकारी दिनुभयो ।उहाले मेलाको लागि आवश्यक सुरक्षा व्यवस्था, पार्किङ , होटल, मनोरञ्जनका साधनलाई व्यवस्थित गरिएको पनि बताउनुभयो । पत्रकार सम्मेलनमा वडाध्यक्ष मनोज चौधरी ,वडा सदस्य पदम कुवर, ईन्जिनियर आन्नद प्रसाद धामी ,मेला आयोजक सिकिन्द्र चौधरी लगायत विभिन्न संचारमाध्यमा कार्यरत संचारकर्मीको उपस्थित रहेको थियोे ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_ctutch4s7jppchgs1mkhqmb1l0, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0