तलब आउने अश्वासन पछि नियमित कार्यमा फर्के शिक्षक तथा कर्मचारी

बिबेक कुमार यादब

फागुन २५ हरिपुर्वा । माघ २८ गते देखि हरिपुर्वा नगरपालिकाको विभिन्न शाखाको कर्मचारी तथा फागुन ६ गते देखि १६ वटा सामुदायिक विद्यालयको शिक्षक कार्यालय बन्द गरेर नियमित धर्नामा बसेको ४ साता पछि तलब आउने अश्वासन पछि कर्मचारी कार्यालय तथा शिक्षक विद्यालय फर्कने भएको छ ।
फागुन ७ गते नगरसभा भएपनी कोष नियन्त्रण लेखा कार्यालयमा प्रमुख नभएपछि खाता संचालनमा ढिलो भएको कारण बन्द तथा हडतालको समय लम्बिएको थियो ।
फागुन २४ गते नगरपालिका प्रमुख बिनोद कुमार साह तथा प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव धर्ना स्थलमा आएर कर्मचारी तथा शिक्षकलाइ सम्बोधन गर्नु भएको थियो ।
नगरप्रमुख बिनोद कुमार साहको अनुसार हरिपुर्वा नगरपालिकाको खाता संचालनमा आइसकेको जानकारी गराउनु भएको छ । खाता संचालन भएपछि पहिलो प्राथमिकता समाजिक सुरक्षा भत्ता भएकोले साउन देखि बाकी रहेको भत्ताको पहिलो किस्ता आज एन आइ सि बैंकमा पठाइएको र आइतबार दोस्रो तथा मंगलबार तेस्रो किस्ता पठाए पछि बुधबार देखि वडा कार्यालयमा नै गएर समाजिक भत्ता बाडन पंजिकरण शाखालाइ निर्देशन गरिसकेको बताउनुभयो ।


शिक्षक तथा कर्मचारीको तलब विवरण तयार पार्न सम्बन्धित शाखाहरुलाइ जानकारी गराइएको छ र तथ्यांक अनुसार फागुन भित्रमा तलब भत्ता खातामा पठाइने प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादबले जानकारी गराउनु भएको छ ।
चैत १५ गते देखि संचालन हुनलागेको एस ई ई परिक्षा तथा कक्षा १ देखि ९ सम्मको अन्तिम परिक्षाको तयारीको लागि आइतबारदेखि थप्प कक्षाको व्यवस्थापन गरेर पढाइने शिक्षक धनेश्वर साहले बताउनु भयो ।
करिब १ महिना पछि आइतबारदेखि हरिपुर्वा नगरपालिकाको बन्द कार्यालयहरु, वडा कार्यालय, विद्यालय खुल्ने भएपछि सेवाग्राहीलाई राहत हुने भएको छ ।

Comments
Loading...