Warning: session_start(): open(/tmp/sess_qfepki039qbc8ksfbfbr4tanv2, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
फागुन ७ गते हरिपुर्वा नगरपालिकाको नगरसभा हुने पुर्ण तयारी- मेयर साह – lokpriyaawaj

फागुन ७ गते हरिपुर्वा नगरपालिकाको नगरसभा हुने पुर्ण तयारी- मेयर साह

बिबेक कुमार यादब

फागुन ०३ हरिपुर्वा । हरिपूर्वा नगरपालिकाले चालु आर्थिक बर्ष २०८०।०८१ को नगरसभा फागुन ७ गते गर्ने भएको छ। लामो समयदेखि रोकिएको नगरसभा ७ फागुनमा गर्ने तयारी भएको नगर प्रमुख बिनोदकुमार साहले बताउनुभयो । नगरसभा हुन नसक्दा पालिकाले अहिलेसम्म कुनै बजेट खर्च गर्न सकेको छैन। नगरसभा नहुदा पालिकाको प्रशासनिक भवन निर्माण हुनसकेको छैन भने कर्माचारीले तलब खान पाएका छैन । त्यसैगरी कर्मचारी भर्ना,प्रहरीचौकी भवन निर्माण पनि हुन सकेको छैन। नगरसभाका सदस्य र कार्यपालिका सदस्य बीचको सहमति हुन नसक्दा धेरै योजना अहिलेसम्म अलपत्र परेका छन्। नगरसभा नभएकाले गत आर्थिक वर्षमा विनियोजन भएका धेरै योजना अहिलेसम्म त्यतिकै थन्किएका छन ।


स्थानीय सरकार संचालन ऐन २०७४ मा असार महिना भित्र नगरसभा गराई सक्नुपर्ने व्यवस्था भएपनि राजनीतिक खिचातानीको कारण पटकपटक प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएकोले नगरसभा हुनसकेको हो । समयमा नगरसभा नहुदा कर्मचारीले सात महिनादेखि तलब खान पाएको छैन। त्यसैगरी , सामाजिक सुरक्षा भत्ता समेत प्रभावित भएको छ। सामाजिक सुरक्षा भत्ता नपाउदा ज्येष्ठ नागरिक ,एकल महिला, अपांग समस्यामा परेका छन्।
नगरसभा संचालन गर्नका लागि २८ माघमा बैठक बसेको थियोे , त्यही बैठकका सहभागी बहुमत नगरसभाका सदस्यले ७ फागुनमा नगरसभा गर्ने सहमति जुटिसकेछ । नगरप्रमुख साहले बताए । बहुमत सदस्यको अधारमा नगरसभा हुन्छ’, मेयर साह भन्नुहुन्छ । नगरसभा नहुदा अहिलेसम्म नगरनै बन्धक बनेको छ,यसको जिम्मेवारी कसले लिने ? अब नगरसभा सम्पन्न हुन्छ।´


वडा नम्बर ६ का वडाध्यक्ष रामसोगारथ रायले २८ माघमा बसेको कार्यपालिकाको बैठकको उपस्थितिमा झुक्याएर सही गर्न लगाएको आरोप लाउनु भएको छ । वडाध्यक्ष रायले २८ माघको कार्यपालिकामा नगरसभा गर्ने कुनै निर्णय नभएको दावी गर्नुभयो । नगर प्रमुख साहले कार्यपलिकाको निर्णय बिनै नगरसभाको हल्ला बजारमा फैलाइरहेको उहाँ आरोप छ । आफूहरूको सहमति बिना
फागनु ७ गते नगरसभा गर्न नदिने चेतावनी पनि रायले दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत बिना नगरसभा नहुने र सरुवा भएर गएका हाकिमले नगरसभा नगर्न नमिल्ने केही कार्यपालिका सदस्यहरुको तर्क छ।
मन्त्रालयले सरुवा जुन मितिमा गरेपनी भएपनि नगरसभा गर्ने आफ्नो अधिकार रहेको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवले बताउनुभयो ।


७ फागुनमा जसरी भएपनि नगरसभा गर्न शान्ति सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिसकेको नगरसभा गराई कर्मचारीलाई तलव र समाजिक सुरक्षा भत्ता बितरणको काम पहिले गर्ने प्रमुख प्रशासकिय अधिकृत यादवले आश्वासन दिनुभयो ।

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_qfepki039qbc8ksfbfbr4tanv2, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0