बरहथवा नगरपालिका तनावग्रस्त गोलि लागेर एकको मृत्यू

लोकप्रिय समाचारदाता

बरहथवा नगरपालिका ६ स्थित रहेको प्रथमिक स्वास्थ्य केन्द्र १५ शैया अस्पताललाई मधेश प्रदेशलाई हस्तान्तरण गर्ने नगरकार्यपालिकाको निर्णय कार्यान्वन गर्न माग गर्दै नेपाली कांग्रेश सहितका दलले गरेको प्रदर्शनका कारण बरहथवा बजार तनावग्रस्त बनेको छ ।
आन्देलनकारीबाट नगरपालिका कार्यलय तथा नगरप्रमुख कल्पना कुमारी कटुवालको घरमा ढुगांमुढा भएपछि प्रहरीले स्थिती नियन्त्रण लिन चलाएको गोलीबाट बरहथवा–५ बस्ने अन्दाजी २८ बर्षिय जयशंकर साहको टाउकोमा गोली लागेर घटना स्थलमै मृत्यृ भएको छ ।


मेयर कटुवालको घरलाई लक्षित गरि ढुगंमुढा गरिरहेको आन्दोलनकारी लाई तितिर–बितिर पार्न प्रहरीले चलाएको गोलीले नेपाल विद्युत प्राधिकरण अगाडी रहेको पुलमा साहलाई गोली लागेको जनमत पार्टीका युवा नेता राजन कुमार सिहंले बताए पनि प्रहरीबाट अधिकारीक रुपमा पुष्टि हुन बाकिरहेको  छ ।

Comments
Loading...