जन कृषिको १३ औँ वार्षिक साधारण सभा सम्पन्न, २६ जनाद्वारा रक्तदान

लोकप्रिय अवाज समाचारदाता

लालबन्दी सर्लाहीको लालबन्दी नगरपालिका–७, मा रहेको जन कृषि सहकारी संस्थाको आज (शुक्रबार) १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष महेन्द्र महतोको अध्यक्षता, प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यता र राष्ट्रिय सहकारी बैंक हरिवन शाखाका प्रवन्धक नारायण लामिछानेको विशिष्ठ आतिथ्यतामा लालबन्दी ६ स्थित पुरानो नगरपालिका भवनमा साधारण सभा सपन्न गरिएको हो । सभामा संस्थाले गएको आर्थिक वर्ष २०७९/०८० मा कूल ११ करोड ९ लाख ९३ हजार ५९७ रुपैयाँ ११ पैसा कारोवार गरी ९ लाख ९१ हजार ७१७ रुपैयाँ ९० पैसा खुद मुनाफा आर्जन गरेको संस्थाका प्रवन्धक हरेन्द्रकुमार झा (विपीन) ले जानकारी दिए।

साधारण सभाकै अवसरमा संस्थाले आजै रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ । जहाँ २६ जनाले रक्तदान गरेका प्रवन्धक झाले बताए ।

Comments
Loading...