बसन्त न्यौपाने हरिपूर्वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिृकतको रुपमा हाजिर

लोकप्रिय समाचादाता

 

हरिपूर्वा । सर्लाहीको हरिपूर्वा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत मित्रलाल ढकालको सघिंय मामिला तथा समान्य प्रशासन मन्त्रालयको २०७८चैत्र १३ को निर्णय अनुसार गौशाला नगरपालिकाको प्रमुख प्रशाुकिय अधिकृत पदमा २०७८–१२–१४ मा नै सरुवा भइसके पनि हाल सम्म हरिपूर्वा नगरपालिकामा नै कार्यरत रहेको बेला हरिपूर्वा नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा बसन्त न्यौपाने हाजिर हुनुभएको छ । उहाँलाई नगर प्रमुख विनोद कुमार साहले अबीर माला लगाई नगरपालिकामा भव्य स्वागत गर्नुभएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत न्यौपाने बिहीबार हरिपूर्वा नगरपालिकामा हाजिर हुनुभएको हो । उहाँले बिहीबारै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको  छ ।
प्रशासकीय अधिकृत कुमार परियारका अनुसार नयाँ आउनुभएका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई बिहीबार नगरपालिकाको कार्यालयमा मेयर विनोद कुमार साह, उपमेयर सुमिन्त्रा देवी ग्वारनी, विभिन्न वडाका वडाअध्यक्ष, नगरपालिकाका कर्मचारीहरुले भव्य स्वागत गर्नुभएको छ ।


प्रमुख प्रशासकीय अधिकृत न्यापानेलाई स्वागत गर्नुहुँदै नगरप्रमुख विनोद कुमार साहले आफ्नो कुशल कार्यक्षमता मार्फत उत्कृष्ट कार्यसम्पादन गरी हरिपूर्वा वासीको मन जित्न शुभकामना दिनुभयो । नगर प्रमुख विनोद कुमार साहको अनुसार हरिपूर्वा नगरपालिकाको नगरसभा तथा योजना र्निमाणको को काम केहि दिन भित्रमै टुग्ंयाउने तथा जनप्रतिनिधिको सफलता नै कर्मचारीमा निहित हुनेभएकोले प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीहरुले कुशलता पूर्वक काम गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

Comments
Loading...