बागमती सेवा समाज नेपाल र आर.आर.पि.के.को परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

लोकप्रिय अवाज समाचारदाता, २१ कार्तिक, सर्लाही

वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा बागमती सेवा समाज नेपाल द्वारा सञ्चालित बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरसीप परियोजनाको साथै राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्र द्वारा सञ्चालित पोषण तथा उत्थानसील जिविकोपार्जन हरिपूर्वा नगरपालिकामा परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
हरिपूर्वा नगरपालिकाको नगरप्रमुख विनोद कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख सुमित्रादेवी ग्वारीन, वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने, प्रशासकीय अधिकृत कुमार परियार, पालिकाका विषयगत प्रमुख, बाल कल्बका प्रतिनिधी साथै बागमती सेवा समाज नेपाल र आर।आर।पि।के। का कर्मचारी उपस्थिती भएको कार्यक्रममा आर.आर.पि.के.का परियोजना व्यवस्थापक राम कुमार यादव र बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बादेले आर्थिक वर्ष सन् २०२२ मा भएका क्रियाकलापको समिक्षात्मक प्रस्तुतीकरण गर्नुका साथै आगामी आर्थिक वर्ष सन् २०२३ मा गरिने क्रियाकलापका साथै बजेट प्रस्तुत गरेका थिए ।


वडा नम्बर ६ का वडा अध्यक्ष राम सुगारथ राय भन्छन् ,“गैरसरकारी संघ संस्थाले गर्ने कार्यक्रम पनि उत्तिकै महत्वपूर्ण छ । हामीले यो एन.जि.यो.को को कार्यक्रम नभनी समन्वय तथा सहयोग गर्न सक्यो भने बाल सम्मृद्धि तथा सकारात्मक रुपान्तरण देखिन सकिन्छ । बरु कहाँ कुन सवालमा काम गर्नु पर्ने हो त्यसको निर्कौल निकाली काम गर्नु पर्छ ।” अध्यक्ष राय थप्छन् “वल्र्ड भिजनद्धारा सञ्चालित कार्यक्रमको सुरुवात देखि नै म पनि संलग्न भएको छु गाउँ टोल–टोलमा पुगेर सुरुवाती सर्वेक्षणको कार्यमा सरिक थिए । राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्र र बागमती सेवा समाजको परियोजनाहरु हाम्रा बालबालिकाहरुको सम्मृद्धि र सामाजिक रुपान्तरणको लागि हितकर छ, जुन हामीले परिवर्तन परि देखि रहेका छौ ।”

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने भन्नु हुन्छ,“ बागमती सेवा समाज नेपाल र राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रले वितेका वर्षहरुमा गरेका कार्यक्रम र आउँदो वर्षका लागि गरिने कार्यक्रमहरु बाल सम्मृद्धि तथा हरिपूर्वा नगरपालिकाको विकासको लागि एकदम आवश्यक छ । यसका लागि पालिकाले सहयोग तथा समन्वय गर्न तयार छ ।”

नगरप्रमुख विनोद कुमार साह भन्नुहुन्छ,“ यस पालिकाको लागिा कसैले ४ रुपैयाँको सहयोग गरे पनि पालिका आभारी हुन्छ । राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्र र बागमती सेवा समाज नेपालद्धारा विगतमा पनि हरिपूर्वा नगरपालिकाको बालबालिका र विकासको लागि उल्लेखनीय कामहरु भएको छ जस्तै बालबालिकाहरु नियमित विद्यालय आउँन थालेका छन् , कुपोषणको समस्याहरु नि निकै कम हुँदै छ , बालबालिकाहरुले आफ्ना कुराहरु सबै सामु राख्न थालेका छन् । आउँदो आर्थिक वर्ष सन् २०२३ का लागि पनि ४ करोड भन्दा बढी रकम वल्र्ड भिजन मार्फत बागमती सेवा समाज र राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रबाट यस पालिकामा लगानी हुने भएको छ जुने पालिकाको लागि उल्लेखनीय हो । यस्ता समिक्षात्मक तथा परियोजना परिचयात्मक बैठक सहयोग र समन्वयको लागि एकदम आवश्यक छ साथै पालिकाबाट हुने साथ सहयोग सँधै नै रहने छ ।” लागु औषधको दुव्यर्सन तथा कुलतमा किशोरकिशोरीहरुको संख्यामा वृद्धि भैरहेकोले नगरप्रमुख साहले यस सवालमा कार्य गर्न बागमती सेवा समाज नेपाललाई आग्रह समेत गर्नु भएको छ ।

राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रका मिल अधिकृत उषा कार्कीले सञ्चालन गरेको कार्यक्रममा वल्र्ड भिजन ईन्टरनेसनल नेपालका सीता चौधरीले स्वागत मन्तव्यबाट अतिथीहरुलाई स्वागत गर्नु भएको थियो भने कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रका परियोजना व्यवस्थापक राम कुमार यादव बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बादे साथै वल्र्ड भिजन ईन्टरनेसनल नेपालका सीता चौधरीले दिएका थिए ।

Comments
Loading...