Warning: session_start(): open(/tmp/sess_1l66qap0rd18odbgn2huip02m1, O_RDWR) failed: No space left on device (28) in /home/lokpriyaa/public_html/wp-content/plugins/wordpress-social-login/wp-social-login.php on line 64
बाबुराम नेतृत्वको नेसपा विभाजित, बहुमत आफूसँग रहेको दुवै पक्षको दाबी – lokpriyaawaj

बाबुराम नेतृत्वको नेसपा विभाजित, बहुमत आफूसँग रहेको दुवै पक्षको दाबी

लोकप्रिय समाचारदाता

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्रराय यादव पक्षले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेपछि सो पार्टी आधिकारिक रूपमा विभाजित भएको छ । पार्टीको आधिकारिकता कोसँग रहन्छ भने कानुन लडाइँ भने बाँकी नै छ । दुवै पक्षले बहुमत आफूसँग रहेको दाबी गरिरहेका छन् ।

नेसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो बैठकमा यादव पक्षका नेताहरू नजाने भएका छन् । अध्यक्ष भट्टराईले पार्टीमा सल्लाह नै नगरी बोलाएको बैठकमा आफूहरू नजाने अर्का अध्यक्ष यादव पक्षका महासचिव रमेश यादवले बताए ।

‘भट्टराई यो पार्टीमा रहने नरहने कुराको छिनोफानो भोलि बस्ने बैठकबाट हुन्छ,’ महासचिव यादवले भने, ‘उहाँहरूले भोलि बैठक बोलाउनु भएको छ, सो बैठकमा हामी जाँदैनौँ । उहाँहरूको त्यो बैठकले कस्तो निर्णय गर्छ त्यसबाट पार्टीको धेरै कुरा निर्धारण हुन्छ ।’

महासचिव यादवले आफूहरूसँग बहुमत रहेको दाबी गरे । उनले नौ जना पदाधिकारीमध्ये एक जना दानबहादुर चौधरीले पार्टी छाडिसकेको जानकारी दिँदै बाँकी आठ जनामध्ये चार जना आफूहरूको पक्षमा रहेको बताए । उनले १६८ सदस्यीय केन्द्रीय कमिटीमा ९० जना आफूहरूको पक्षमा रहेको पनि दाबी गरे ।त्यस्तै पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नेकपा (माओवादी केन्द्र) सँग एकता गर्न लागेको बताए । शनिबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सहअध्यक्ष श्रेष्ठले सिंगो नेपाल समाजवादी पार्टी नै नेकपा (माओवादी केन्द्र) सँग एकता गर्न लागेको बताएका हुन् ।

उनले कुनै एक पक्षमात्रै एकता गर्न लागेको भन्ने कुरा सत्य नभएको बताए । उनले नेसपाले गत मङ्सिर ६ गते नै केन्द्रीय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाएको भन्दै सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको    बताए ।

श्रेष्ठले दुई पार्टीका बिचमा एकता गर्ने भनेर चुनाव अगाडी नै सहमति भएको र पार्टी एकताको सर्तसहित आफूहरूले माओवादी केन्द्रको चुनाव चिन्हमा चुनाव लडेको बताए । उनले आफूहरू पार्टी एकता गर्ने डेढ वर्ष अगाडीको सहमति अनुरूप अगाडि बढेको र चाँडोभन्दा चाँडो पार्टी एकता हुने बताए ।

तर अध्यक्ष बाबुराम भट्टराई पक्षका नेता रोशन पोखरेलले केन्द्रीय कमिटीका १० प्रतिशत सदस्य मात्र महिन्द्र यादवहरूको पक्षमा नरहेको दाबी गरे । उनले भने, ‘भोलि पार्टीको बैठक छ, को कता छन्, कोसँग कति जना सदस्य छन्, त्यहीँ नै थाहा भइहाल्छ ।’

उनले माओवादी केन्द्रसँग नेसपाको एकता नभएर दुई चार जना नेताहरू त्यसमा प्रवेश गरेको बताए । नेता पोखरेलले महिन्द्रराय यादव र गंगनारायण श्रेष्ठ पहिलादेखि माओवादीको कार्ड बोकेको हुनाले उनीहरू सो पार्टीमा प्रवेश गर्दैमा केही फरक नपर्ने   बताए ।

सम्भार – रातोपाटी

Comments
Loading...

Warning: Unknown: open(/tmp/sess_1l66qap0rd18odbgn2huip02m1, O_RDWR) failed: No space left on device (28) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct () in Unknown on line 0