रुपान्तरण सहजकर्ता कक्षा संचालनले हरिपुर्वा तथा पर्साका किशोर किशोरीमा परिवर्तन हुँदै

चन्दन कुमार मिश्रा

सर्लाही,३ चैत्र। सर्लाहीको हरिपुर्वा नगरपालिका तथा पर्सा गाउँपालिकामा रुपान्तरण सहजकर्ता कक्षा संचालनले किशोर किशोरीमा सकारात्मक परिवर्तन भइरहेको छ ।

हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिका अन्तर्गत वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोग तथा  बागमती सेवा समाज नेपालको आयोजनामा सुरु गरिएको तालिमले सहभागी किशोर किशोरीमा परिवर्तन भएको सहभागीले जनाएका छन । तालिम बिहीबार बाट सुरु भई शनिवार सम्पन्न भएको छ।

रुपान्तरण सहजकर्ता तालिममा सहभागी हरिपुर्वा तथा पर्साका किशोर किशोरीलाई नागरिक सहभागिता,मेरो संसार आत्मजागरण, अधिकार र कर्तव्य ,परिचय, लैङ्गकतामा आधारित हिंसा, यौन तथा प्रजनन स्वास्थ्य, राम्रो बानी, खर्च र बचत, किशोरावस्था लगायत १४ वटा खण्डहरुको बारेमा जानकारी गराइएको बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बाँदेले जानकारी दिनुभयो ।

कक्षा १२ अध्यनरत हरिपुर्वा वडा नं ९ बस्ने
रविना चौधरीले रुपान्तरण सहजकर्ता तालिमले आफुहरुमा ठुलो परिवर्तन भएको बताएकी छन । उनले पहिला बोल्न लाज लागथ्यो, डराउथे तर अहिले आफुले नै रुपान्तरण सहजकर्ता कक्षा लिन थालेको बताउछिन् । अहिले मेरो काम देखेर छिमेकी तथा अभिभावकले गर्भ महसुस गर्ने गरेको चौधरीले बताएकी छन ।

रुपान्तरण सहजकर्ता तालिमका अर्का सहभागी पर्सा गाउँपालिका वडा नं ५ बस्ने राहुल पंडितले पहिला आफुले आफ्नै शरिरको बारेमा अनभिज्ञ रहेको र हाल पुर्ण रुपले जानकारी पाएको बताए । अहिले लैङ्गकतामा आधारित हिंसा, यौन तथा प्रजनन स्वास्थ्य, राम्रो बानी, खर्च र बचत लगायत विभिन्न विषयमा राम्रो ज्ञान भएको पंडितले बताए ।

तालिममा २४ जना किशोर किशोरीको सहभागीता रहेको फिल्ड मोविलाईजर मुकेश कुमार साहले जानकारी दिनुभयो ।

Comments
Loading...